काठमाडौं । प्रस्तावित नेपाल सहकारी बैंक(प्रस्ताबित) को सम्पर्क कार्यालय खुलेको छ । नेपाली कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभाग प्रमुख आनन्दप्रसाद ढुंगाना र विभागका सचिव एवं बैकका अध्यक्ष सुरेन्द्र भण्डारीले संयुक्त रुपमा सम्पर्क कार्यालयको उद्घाटन गरे ।
प्रस्ताबित बैकले मध्य बानेश्वरमा रहेको सम्पर्क कार्यालयलाई ६ महिना पछि करोबार सञ्चालन गर्नेगरी कार्यालय खोल्ने भएको छ । प्रस्ताबित बैकका पदाधिकारीले यसअघि सञ्चालनमा आएको राष्ट्रिय सहकारी बैंकले सबै सहकारी क्षेत्रलाई समेट्न नसकेका आरोप लगाउदै सबैको साझा सहकारी बैंकको रुपमा नेपाल सहकारी बैंक सञ्चालन गर्न लागिएको जनाइएको छ ।
नेपाली काग्रेसका नेता ढुंगानाले अबको ६ महिनाभित्र बैक सञ्चालनमा आउने बताए । उनले भने, ‘पुजी र अर्थतन्त्रलाई चलायमान बनाउन सहकारी बैकको अपरिहार्यता छ । जहा प्रतिस्पर्धा हुन्छ त्यहा प्रगति हुन्छ , सोही आधारमा नेपाल सहकारी बैक दर्ता प्रकृया अघि बढेको हो ।’
उनले एउटामात्र बैकले करिब ३४ हजार सहकारीलाईसमेट्न नसकेपछि नेपाल सहकारी बैक स्थापना गर्न लागिएकोमा खुसी लागेको बताउदै त्यसको लागि आफ्नो र पार्टीको तर्फबाट सक्दो सहयोग रहने उल्लेख गरे । उनले प्रधनमन्त्री शेरबहादुर देउवाको समेत प्रस्ताबित सहयकारी बैक स्थापना गर्ने चाहना रहेको बताए ।
प्रस्ताबित बैकका अध्यक्ष भण्डारीले नेपाल राष्ट्र बैंकको सञ्चालक समितिबाट सीमित बैंकिङ कारोबार गर्न पाउने गरी लाइसेन्स पाउनासाथै नेपाल सहकारी बैंक सञ्चालनमा आउने दाबी गरे । उनले भने, ‘लाइसन पाउनासाथ कारोबार शुरु गरिहाल्नेछौं ।
केही साथीले यो बैंकलाई नेपाली कांग्रेसको बैक भनेरहल्ला गर्दै हिडेका छन् । केही ले त बैक खोल्न दिनै हुदैन भन्ने गरेका छन । तर म भन्छु यो बैक कुनै पार्टी विशेषको नभै देशैभरका सहकारीहरुको सेवामा समर्पित बैक हो । यस्लाई पार्टी विशेषको हो भन्न मिल्दैन ।’
सहकारी ऐन–२०४८ मा भएको ब्यवस्था अनुरुप स्थापना भएको बैंक संचालनमा छ । ऐनको धारा १२ मा नेपाल राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिइ सहकारी बैंकहरु गठन गर्न सकिने कुरा उल्लेख छ । सोहीऐन अनुसार बैक स्थापान प्रकृया अघि बढाइएको हो ।
त्यसैगरी सहकारी नियमावली–२०७५ को नियम ५ मा सहकारी बैंकको गठनका लागि सबै प्रदेशको प्रतिनिधित्व हुनेगरी कम्तिमा ५ सय १ संस्था वा संघ हुनुपर्ने व्यवस्था छ । सहकारी बैंक गठन गर्दा राष्ट्रिय सहकारी महासंघको समेत सिफारिस आवश्यक पर्ने व्यवस्था गरेको छ ।
सहकारी ऐनले सहकारी बैंकको सेयर पूँजी नेपाल राष्ट्र बैंकले तोकेबमोजिम हुने प्रावधान राखिएको छ । प्रस्ताबित बैकले सबै प्रकृया पुरा गरी अन्तिम प्रकृया पुरा गर्न राष्ट्र बैकमा काजगपत्र पेश गरिसकेको छ ।