२०८१ माघ २५ शुक्रबार

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा ‘क’ वर्गका बैंकहरुले ६३ अर्ब रुपैयाँभन्दा धेरै खुद मूनाफा आर्जन गरेका छन् । अघिल्लो वर्ष क’ वर्गका बैंकहरुको खुद मूनाफा आर्जन ५२ अर्ब ८० करोड रहेको थियो । गत वर्षको मूनाफाका आधारमा सबै भन्दा बढी मुनाफा नबिल बैंकको रहेको छ । बैंकले ४ अर्ब ५० करोड ४४ लाख ३९ हजार रुपैयाँ मूनाफा कमाएको छ ।

त्यसैगरी मूनाफाका आधारमा दोस्रो नम्बरमा ग्लोबल आइएमई, तेस्रो नम्बरमा राष्ट्रिय वाणिज्य बैंक,चौथो नम्बरमा कृषि विकास बैंक र पाँचौ नम्बरमा नेपाल इन्भेष्टमेन्ट रहेको छ ।

अघिल्लो वर्ष २ अर्ब ९० करोड ८६ लाख ६४ हजार मूनाफा रहेको ग्लोबल आइएमई बैंकले मुनाफा बढेर ४ अर्ब १२ करोड ६५ लाख १२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो बर्ष को तुलनामा मुनाफा घट्दा पनि राष्ट्रिय वाणिज्य बैंक तेस्रो नम्बरमा रहेको छ घिल्लो आर्थिक वर्ष ४ अर्ब ३७ करोड ७३ लाख १६ हजार रुपैयाँ कमाएको यस बैंकले गत आर्थिक वर्ष भने ३ अर्ब ७९ करोड ५४ लाख ७८ हजार रुपैयाँमात्रै कमाएको छ ।

अघिल्लो वर्ष ३ अर्ब ३३ करोड १७ लाख ३८ हजारबाट कृषि विकास बैंकले ३ अर्ब ६९ करोड ४४ लाख ७० हजार पुर्याएको छ ।अर्कोतिर अघिल्लो वर्ष २ अर्ब ४२ करोड ३१ लाखबाट नेपाल इन्भेष्टमेन्ट बैंकले ३ अर्ब ६५ करोड १४ लाख ९६ हजार पुर्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय