२०८१ माघ २७ आईतवार

काठमाडौ । सन्राइज बैंकले भदौ महिनामा नारी विशेष योजना ल्याएको छ । यस योजना अन्र्तगत आफ्ना ग्राहकको लागि भदौ महिनाभरि विभिन्न सेवाहरु निशुल्क गर्नुका साथै क्यास ब्याक र छुटको व्यवस्था गरेको छ ।

यो योजना अन्र्तगत आफ्ना ग्राहकलाई भाद्र महिनाभरि नारी बचत खाता खोल्ने महिलाहरुलाई बैंकले विभिन्न पाँच वटा सेवाहरु निशुल्क दिने बैकले जनाएको छ ।

जस अन्तर्गत प्रथम वर्षको लागि निशुल्क दिइने सेवामा डिम्याट, मेरो शेयर, डेबिट कार्ड, के्रडिट कार्ड तथा लकर सेवा छन । साथै बैंकले अनलाइनबाटै खाता खोल्ने सुविधा पनि प्रदान गर्दै आएकोमा भाद्र महिनाभरि अनलाइन खाता खोल्ने सबै नारीलाई पहिलो कारोबार गर्दा २५ प्रतिशत वा ३ सय रुपैया सम्मको छुट समेत प्रदान गर्ने बैँकले जनाएको छ ।

यो खातामा भाद्र महिनाभरि कर्जा लिँदा कर्जा शुल्कमा २५ प्रतिशत वेश प्वाइन्टको छुट दिने समेत बैंकले जनाएको छ ।

सेयर बजारमा नारीको संलग्नता बढ्दै गएको हालको अवस्थामा बैंकले यस योजना अन्र्तगत प्रदान गरेको निशुल्क डिम्याट र मेरो शेयरले नारीमा सेयर कारोबार प्रति अझ बढि प्रोत्साहन प्रदान गर्नेमा बैंक विश्वस्त रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय