२०८२ जेष्ठ ६ मंगलवार

काठमाडौं । जगदम्बा मोटर्स टिभिएसले अपाचे वन सिक्स्टी टु भी बाइक सार्वजनिक गरेको छ । विश्वव्यापी रुपमा टू–ह्वीलर तथा थ्री–ह्वीलरको ख्यातिप्राप्त निर्माता कम्पनी टिभिएस मोटर कम्पनीले ‘अपाचे वन सिक्स्टी टु भी’ को नयाँ मोडल नेपालमा सार्वजनिक गरेको हो ।

अपाचे वन सिक्स्टी टु भीको बडीमा न्यू रेस इन्स्पाइर्ड ग्राफिक्स समावेस गरिएको छ जुन पहिलाको सोही गाडीको संस्करण भन्दा भिन्न र फरक डिजाइनको रहेको छ । यसैगरी यसको पछाडि नयाँ फराकिलो टायर राखिएको छ ।

जसले बाटोमा अझ राम्रो ग्रिप र सुरक्षा प्रदान गर्दछ । यो मोटरसाइकल पर्ल वाइट, म्याट ब्लु, ब्लाक, ग्लस रेड र ग्रे गरेर ५ ओटा भेरिएन्टमा उपलब्ध रहेका छन्। यसको मूल्य भने दुई लाख ६९ हजार रुपैयाँ तोकिएको छ ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय