काठमाडौं । नेपाली औषधि उत्पादकहरुको छाता संगठन नेपाल औषधि उत्पादक संघ (एपोन) को अध्यक्षमा प्रज्वल जंग पाण्डे चयन भएका छन्। संघको २७ औँ अधिवेशनले पाण्डेलाई सर्वसम्मतिले चयन गरेको हो ।
नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा महेश प्रधान, उपाध्यक्षमा सन्तोष बराल, महासचिवमा विप्लव अधिकारी, कोषाध्यक्षमा प्रभात रूंगटा चयन गरेको छ । यस्तै, सदस्यहरुमा पृथ्वीराज भण्डारी, सुदर्शन खैगुली, दिपक टिवेडवाल, सुदिप प्रधान र गणेश पाठक चयन भएका एपोनले जनाएको छ ।
११ सदस्यीय नयाँ कार्यसमितिको कार्यकाल दुई बर्षको रहने छ । जी नारायण बहादुर क्षेत्रीको कार्यकाल पुरा भएपछि एपोनले नयाँ कार्यसमिती चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष पाण्डेले संघलाई अझ मजबुत बनाएर लैजाने बताए ।