२०८१ माघ २७ आईतवार

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले राजस्व दोब्बर बनाउने कार्ययोजना पेश गर्न निर्देशन दिएका छन् । विहीवार आन्तरिक राजस्व विभागको व्रिफिङ्ग लिने क्रममा मन्त्री शर्माले राजस्व संकलनको अहिलेको अवस्थाबाट देश निर्देशन दिएका हुन्।

‘चलिराछ, यस्तै चल्छ भन्ने कुरा मेरो लागि मान्य छैन। एक पटक राम्रोसँग सोच्नुहोस् राजस्व संकलन बढाउन सकिने उपायहरु तपाई आफै फेला पार्नुहुनेछ,’ उनले भने ‘त्यसको लागि तपाईलाइ के चाहिन्छ, जनशक्ति, प्रविधि, तालिम जे आवश्यक पर्छ त्यो उपलब्ध गराइन्छ। तर राजस्व दोब्बर बनाउने लक्ष्यका साथ काम गर्नैपर्दछ।’

उनले करदातालाई कानुन लगाएर कर तिराउने नभई करदाता आफैले कर तिरुँ तिरुँ लाग्ने संस्कृति विकास गर्ने खालको योजना बनाउन निर्देशन दिए। ‘करदाता आफै उत्साहित भएर कर तिर्ने हुनुपर्दछ। त्यस्तो वातावरण निर्माण गर्न मन्त्रालयको तर्फबाट के के गरिदिनुपर्ने हो त्यसको प्रस्ताव पनि तयार गर्नुहोस्,’मन्त्री शर्माले भने, ‘हामी निरन्तरताको सुधारमा रमाएर बस्ने होइन कि गुणात्मक सुधारको खाँचो छ।

उनले समग्र राष्ट्रको सम्पत्ति लेखा जोखा गर्नुपर्ने आवश्यकता रहेको बताए।’कति हो त हाम्रो देशको सम्पूर्ण मूल्याङ्कन? यसको हिसाव किताव खोई ? जनतासँग भएको सम्पत्ति के कति हो ? सरकारको स्वामित्वमा भएको सम्पत्ति के कति हो ? यसको हिसाव किताव गर्ने योजना पनि चाहियो,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय