२०८२ माघ १ बिहीबार

काठमाडौं । माग र ढुवानीको अध्ययनअनुसार रियलमी विश्वका प्रमुख १८ वटा बजारमा शीर्ष पाँच स्मार्टफोन ब्राण्डभित्र पर्न सफल भएको छ । स्थापनाको केवल ३७ महिनामै रियलमीले विश्वभर १० करोड स्मार्टफोन ढुवानीको लक्ष्य पूरा गरी स्मार्टफोनको क्षेत्रमा तीव्र बजार विस्तार गरेर नयाँ रेकर्ड बनाएको कम्पनीले जनाएको छ । त्यस्तै भारत पाँच करोड स्मार्टफोन ढुवानी गर्ने पहिलो स्मार्टफोन कम्पनी बनेको छ ।

फाइजी विस्तारका क्षेत्रमा आक्रामक रियलमीले २०२१ को दोस्रो क्वार्टरमा भारतीय स्मार्टफोन बजारको क्षेत्रमा २२ प्रतिशत हिस्सा ओगटेको छ । सो अवधिमा एक सय ४० प्रतिशतले बजार विस्तार गर्दै रियलमी भारतको चौथो ठूलो स्मार्टफोन बन्न सफल भएको कम्पनीको दाबी छ । फिलिपिन्समा रियलमी पहिलो नम्बरमा रहेको छ भने बंगलादेशमा पनि पहिलोपटक नेतृत्वदायी स्थानमा आएको छ । त्यस्तै पहिलोपटक स्लोभियामा दोस्रो, रसिया र पोल्याण्डमा तेस्रो र इटलीमा पाँचौं स्थानमा पर्न सफल भएको छ ।

ढुवानीका हिसाबले फिलिपिन्स, बंगलादेश, स्लोभेनिया, पोल्याण्ड, रसिया, कम्बोडिया, चेक रिपब्लिक, भारत, इण्डोनेसिया, इजिप्ट, ग्रिस, इजरायल, इटली, मलेसिया, म्यानमार, नेपाल, सिंगापुर र थाइल्याण्डमा शीर्ष पाँच स्थानभित्र रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर