२०८१ माघ २७ आईतवार

सहकारी एउटा विशिष्ठ चरित्र रहेको व्यवस्थापन पद्धति हो । यो समान स्वामित्व रहेका सदस्यहरुको व्यवसायिक सङ्गठन हो । यो स्वायत्त र स्वनियमनकारी व्यावसायिक सङ्गठन हो । नागरिहकहरु आप्mना आर्थिक–सामाजिक–साँस्कृतिक आवश्यकता पुरा गर्न सहकारी संस्थाको स्थापना गर्दछन् । सामाजिक न्यायका सिद्धान्तका आधारमा उत्पादन र वितरण हुने व्यावसायिक चरित्र सहकारीको आधारभूत पहिचान मान्न सकिन्छ । सदस्य र समुदायको वास्तविक समृद्धिका लागि समुदायकै मानिसको आप्mनै स्रोत–साधन र आफ्नै पहल र उनीहरुकै नेतृत्वमा व्यवसायिक गतिविधि हुने भएकाले सहकारी मोडेलका व्यवसायलाई विविध आयामबाट उत्कृष्ट मानिएको हो । मानिसले अपनाएको आर्थिक गतिविधिलाई प्रभाव पार्ने अनेक पक्षहरु छन् तथापि विश्वका सबै देशमा एउटै सिद्धान्तका आधारमा सहकारी व्यवसायको व्यवस्थापन र यसको स्वामित्व सम्बन्धी एउटै विचारमा अभ्या गरिने प्रयत्न भएको छ । यो एउटा चाखलाग्दो र आर्थिक सामाजिक क्षेत्रमा अध्ययन गर्ने सबैका लागि सान्दर्भिक विषय हो ।

प्रााकृतिक स्रोतलाई मानवीय श्रम र विकास गरिएको प्रविधिको उपयोग गरेर उपभोग्य बनाइन्छ । यसमा पुँजीको आवश्यकता रहन्छ । मानिसका लागि उपयोगी बस्तु र सेवा बजार मार्फत उपभोक्तासम्म पु¥याइन्छ । बजार, उत्पादन, वितरणको चक्रमा नै नयाँ बस्तु र सेवाको न्युनतम मूल्यमा तयार पार्ने र बजारमा खपत गराउने प्रणालीभित्र मानिसलेआफ्नै गतिविधि केन्द्रित गरेको पाइन्छ । आवश्यक बस्तु र सेवाको उत्पान, नयाँ खोज, सस्तो मूल्यमा उत्पादन आदि विषयमा लाग्नु र सफल हुनुलाई उद्यमशीलता मान्ने हो भने उद्यमशीलताको विकास खुल्ला र स्वतन्त्र वातावरणमा सम्भब छ । निर्देशन र अरुले निर्णय गरिदिने वातावरणमा उद्यमशीलताको विकास हुदैन, यसका लागि शिक्षा, तालिम र सूचना प्रर्याप्त चाहिने कुरालाई नकारेको भने होइन । अतः माथि भनिएको स्पिरिटमा सहकारीको अभ्यास गर्ने हो भने उद्यमशीलताको विकास हुने वातावरण बनाउन सहकारीको ठूलो योगदान हुन्छ ।

सहकारी गैरसरकारी क्षेत्र हो । तर सामन्य अर्थमा सहयोगी वा कल्याणकारी उद्देश्य भएका दातृ निकाय वा अन्य निकायबाट अनुदान दिने र उनीहरुले बनाएको कार्यक्रम अनुसार चलाउनु पर्ने गतिविधि गर्ने गैरसरकारी क्षेत्रसँग सहकारीको आधारभूत चरित्र नहुन सक्छ । अर्को कुरा सहकारी क्षेत्रलाई राज्यले निर्देशित र नियन्त्रणमा राखेर यसको आधारभूत चरित्र नै कायम हुन नसक्ने अवस्था रहन सक्छ । राजनीतिक र धार्मिक तटष्टता अर्को यसको चरित्र हो । सहकारीसम्बन्धी आप्mनो मनमौजी ब्याख्या गर्ने र नीति निर्माण गर्ने कारणबाट वास्तविक सहकारी क्षेत्रको विकास हुन कठिन भएको सबैले अनुभूत गरिरहेको विषय हो । अर्कोतिर सहकारी संघ सङ्गठनमा सेयरको रुपमा पूँजी लगानी गर्नु र स्टक मार्केटमा सेयर किन्न बेच्न सकिने संघ सङ्गठन (कम्पनी ऐन अनुसारका संघ सङ्गठन) मा लगानी गर्नु उस्तै मानिने मानसिकताले पनि सहकारी क्षेत्रको आधारभूत चरित्र नै कायम हुन कठिनाइ रहेको देखिन्छ ।

समृद्धि हासिल गर्ने देशको मूल उद्देश्य मानिसएको वर्तमान अवस्थामा सहकारी प्रबिधि र यसको सिद्धान्तलाई कसरी आत्मसात गर्ने भन्ने मौलिक नीति आवश्यक रहेको मान्नुपर्ने अवस्था छ । सहकारी पद्दतिको व्यावसायिक क्रियाकलापमा नागरिक आफैं सक्रिय हुने, नागरिकले आफ्नै स्रोत साधन र पूँजी एकत्रित गरेर व्यवसाय गर्ने भएकाले देशको आर्थिक सामाजिक गतिविधिमा तीब्रता आउँछ । आर्थिक विकास र मानवीय विकासमा नागरिकको पहलबाट हुने उपलब्धिले राज्यले लिनुपर्ने ठूलो दायित्वमा सहयोग पुग्छ । आर्थिक गतिविधि समुदायमा तिब्र हुने कारणले राजश्व बढ्छ । यस कारणले सरकारले सहकारीलाई बढावा गर्न सुरक्षा, प्रोत्साहन र सहयोग गर्ने गर्दछ ।

सहकारी संघ सङ्गठनमा लगानी गरिने पूँजीमा सिमीत लाभांशको प्रावधान अनिवार्य रुपमा ऐनमा राखिएको छ तर व्यवहारमा त्यसलाई महत्व नदिने गरेको प्रचुर मात्रमा देखिन्छ । सहकारीमा लगानी गरिएको पूँजीमा सीमित लाभाश र कारोवारका आधारमा पनि सुरक्षित पूँजी कोषबाट लाभांशको प्रावधान गरिएको हुन्छ । सहकारीमा पुँजी लगानी गर्ने भनेको आँपूmले पनि नाफा लिने र समुदायको विकासमा पनि योगदान गर्ने भावनाले गर्ने हो । यो उच्च चेतना र सामाजिक सोच भएका मानिसको द्योतक हो, त्यसैले सहकारीका सदस्यहरुलाई समुदायमा कदर गर्ने प्रचलन विकास भएको हो । रुसमा सहकारीमा सदस्यहरुलाई सुपर सिटिजन मानिन्थ्यो । यो कुरा विश्वका विभिन्न देशको इतिहासमा पनि रहेको पाइन्छ । सहकारीसम्बन्धी अवधारणा बनाउन केही महान व्यक्तिका विचारहरु शान्दर्भिक हुन सक्नेछन :

– “सहकारी एउटा विचार हो, यसको उपयोगका हजारौ बाटो हुनसक्छन्”– रबिन्द्र नाथ टैगोर
– “सहकारी आन्दोलनको महान विश्वव्यापी महत्व रहने छ, यसलाई अझ सक्रिय र उत्साही बनाउनु पर्छ । नेतृत्व वर्गले आम जनसमुहको सहकारी आन्दोलनमा कहिलै पछाडि पर्नुहुन्न, सहकारी जनसमुदायको आन्दोलन हो यो अगाडि बढिरहन्छ । यो आन्दोलनको गतिलाई नेतृत्वले भेट्टाउन सकेन भने राज्यको गति पछाडि पर्दछ ।” –माओत्से तुङ
– “सहकारीमा सबै बराबर हुन्छन् त्यहाँ एउटा बलियो र अर्को कमजोर हुदैन, यो सहकारीको माधुर्यता हो ।” –महात्मा गान्धी
यी महान ब्यक्तिहरुका सहकारी सम्बन्धी अभिव्यक्तिबाट सहकारीको वारेमा चिन्तन गर्न चाहनेहरुलाई यथार्थताको मार्गनिर्देश हुन सक्ने विश्वासले यहाँ उल्लेख गर्न सान्दर्भिक ठानिएको हो । आर्थिक गतिविधि, प्रबिधिको उपयोग र स्रोत साधनको उपलब्धता एवं यसको प्रयोगले मानवीय सभ्यताको निर्धारण गर्ने रहेछ । यसको अवस्थाले नै समृद्धिको अवस्था निर्धारण हुने गर्छ । यो सन्दर्भमा नेपालले आप्mनो समृद्धिको यात्रामा सहकारीलाई कसरी उपयोग गर्ने भन्ने निक्कै अहम सवाल मान्न सकिन्छ । सतही र विना कुनै सोच विचार सहकारीलाई भाषण र केही समूहको उपयोगी माध्यमका रुपमा मात्र हेर्ने हो भने न सहकारीको अर्थ आउने न सहकारीको उपयोगिता नै हुने अवस्था पनि हुन नसक्ला भन्न सकिन्न ।

उत्पत्ति र विकास
सहकारी भावनाको विकास मानिसको सभ्यताको सुरुको काल नै रहेको मान्न सकिन्छ । तर सहकारी भावनाको व्यवहारिक सिद्धान्त भने आविश्कार हुन नसकेको देखिन्छ । झण्डै २०० वर्षपहिले मात्र सहकारीलाई व्यवहारिक बनाउने सिद्धान्त र प्रबिधिको विकास भयो । मालिक वर्गको चरम अत्याचार, श्रम शोषण, चर्को सामजिक विभेदको अवस्थामा बिक्रीका माल झै मालिकको सेवामा जीवन विताउन बाध्य हुन पर्ने अवस्थामा रहेका श्रमिकहरुले जीवनलाई सार्थक बनाएर स्वाभिमानपूर्वक बाँच्ने उपयाको खोजी गर्ने क्रममा सहकारीको आविश्कार भएको हो । श्रम सुधारक, समाज सुधारक मानवतावादीहरुको सैद्धान्तिक आदर्श र श्रमजीवीहरुको अनुभवको आधारमा सहकारी पद्धतिको विकास भएको हो ।

विश्वका पहिलो समाजवादी विचारक रोबर्ट ओवेनको विचारको प्रकाशमा लामो अनुभव र लामो समयको सामुहिक छलफल चिन्तन मननपछि विश्वमा पहिलो सहकारीको स्थापना सन् १८४४ मा बेलायतका श्रमिकहरूले गरेका हुन् । बेलायतमा प्रजातान्त्रिक आन्दोलन, समाज सुधारक, श्रम सुधारक र धेरै चिन्तकहरुको विचार सहकारीको आविष्कारका लागि पृष्ठभूमि रहेको छ । विश्वका विभिन्न देशमा पनि सहकारी स्पिरिटको आधारमा विभिन्न प्रकारले गतिविधि हुने गरेको इतिहास पनि पाइन्छ । जर्मनीका जनप्रेमी सामाजिक अभियन्ताहरुले जनताको बैंकका रुपमा पनि सहकारीको विकासको अभ्यास गरे र यसले विकास हुँदै विश्वव्यापी बन्ने क्रम चल्यो ।

सहकारी प्रणालीको आर्थिक गतिविधि विश्वव्यापी बन्दै आजका दिनमा आइपुग्दा मानवले चाहेको जस्तो विकासका लागि सबैभन्दा उत्कृष्ट व्यावसायिक मोडल रहेको संयुक्त राष्ट्र संघले घोषणा गरेको छ । सहकारीको सिद्धान्तलाई समाज विकासको दर्शन भन्न थालिएको छ । पहिलो समाजवादी नेता र समाज सुधारक रोबर्ट ओवेनको “सामुहिक उत्पादन र आवश्यकताका आधारमा उपभोग” भन्ने आदर्श विचारको व्यवहारिक उपयोग नै सहकारीको आविश्कारको पृष्ठभूमि बनेको इतिहास रहेको छ । आपूm पूर्णतः सफल हुन सकेनन् तर ओवेनले जीवन भर आप्mनो आदर्श अनुसारको समाज वनाउने प्रयत्न गरिरहे । असल समुदाय बनाउन कम्युन प्रणालीको अभ्यास उनले गरे । प्रख्यात साहित्यकार रबिन्द्र नाथ टैगोरको भनाइ “सहकारी एउटा विचार हो, यसको उपयोगका हजारौं बाटो हुन सक्छन्” ।

मानवीय गतिविधिका सबै क्षेत्रमा सहकारीको उपयोग हुने गरेको छ । प्रायः सबै धार्मिक सम्प्रदायहरुले हामी सहकारीका लागि अगुवा हौं र हाम्रो धार्मिक साँस्कृतिक प्रचलनमा सहकारीको उत्कृष्ठ उपयोग प्राचीनकालदेखि हुदै आएको भन्ने दावी गर्छन । सबै सहकार्य सहकारी होइनन् तर सबै सहकारी सहकार्यका उत्कृष्ट अभ्यास हुन । सहकारीको उत्पत्ति र विकासको इतिहासमा धेरै पहलुहरु छन र विविध आयामबाट यसलाई हेर्न पर्ने हुन्छ । यो एउटा बृहत् विषय हो । मानवीय विकासको दर्शनको हैसियतमा सहकारीलाई लिन थालिएको अवस्थामा हामीहरु केवल अरुका कुरालाई गीत गाएर सहकारीको विकास गर्ने अवस्थामा रहेका छौ । अध्ययन, अनुसन्धान र आफ्नै प्रकारले यसको उपयोगका लागि कार्यक्रम बनाउने प्रयत्नलाई अझ जोड गर्नु पर्ने अवस्था देखिन्छ ।

उपयोग र उपादेयता
समृद्धि हासिल गर्ने देशको मूल उद्देश्य मानिसएको वर्तमान अवस्थामा सहकारी प्रबिधि र यसको सिद्धान्तलाई कसरी आत्मसात गर्ने भन्ने मौलिक नीति आवश्यक रहेको मान्नुपर्ने अवस्था छ । सहकारी पद्दतिको व्यावसायिक क्रियाकलापमा नागरिक आफैं सक्रिय हुने, नागरिकले आफ्नै स्रोत साधन र पूँजी एकत्रित गरेर व्यवसाय गर्ने भएकाले देशको आर्थिक सामाजिक गतिविधिमा तीब्रता आउँछ । आर्थिक विकास र मानवीय विकासमा नागरिकको पहलबाट हुने उपलब्धिले राज्यले लिनुपर्ने ठूलो दायित्वमा सहयोग पुग्छ । आर्थिक गतिविधि समुदायमा तिब्र हुने कारणले राजश्व बढ्छ । यस कारणले सरकारले सहकारीलाई बढावा गर्न सुरक्षा, प्रोत्साहन र सहयोग गर्ने गर्दछ । कतिपय विषयमा सहकारीसँग राज्यले साझेदारीका रुपमा काम गर्न सक्दछ । सहकारी क्षेत्र राज्यका लागि भरपर्दो साझेदार हुने गर्दछ । सहकारीको विकास र सुदृढीकरणका लागि राज्यले छुट, सुविधा र सहुलियत दिने गर्दछ ।

सहकारीको उपयोग विकसित मानिएको अमेरिका, जापान, युरोपेली मुलुकदेखि एसिया–अफ्रिका–दक्षिण अमेरिकी मुलुकहरु सबैमा उत्तिकै महत्वका साथ गरिएको छ । अझ सममाजवादी आर्थिक सामाजिक प्रणाली अपनाउने देश तथा पुँजीवाला आर्थिक सामाजिक प्रणाली अपनाउने देश एउटै सिद्धान्तमा चल्ने सहकारीको उपयोग उस्तै महत्वका साथ गरिएको छ । यसबाट भन्न सकिन्छ विश्वमा सबैतिर उत्तिकै महत्वको रुपमा सबैले मान्ने सहकारी सिद्धान्त हो । हाम्रो देशको कुरा गर्ने हो भने पनि सबैखाले राजनीतिक पार्टीहरुले सहकारीलाई महत्वको विषयका रुपमा नै मान्ने गरेका छन् । सहकारी समुदाय, राष्ट्र, क्षेत्रीय र विश्वव्यापी सञ्जालका रुपमा संगठित रहेको छ । विश्वमा सबैभन्दा जेठो र ठूलो विश्वव्यावी गैरसरकारी क्षेत्रको संगठन सहकारी रहेको छ ।

अपर्याप्तता र विरोधाभाष
हाम्रो देशको सन्दर्भमा हेर्ने हो भने आर्थिक सामाजिक विकासका लागि महत्वपूर्ण मानिएको सहकारी क्षेत्रलाई औपचारिक शिक्षामा समावेश गरिएको छैन । प्राज्ञिक स्तरमा यसको अध्ययन अनुसन्धान हुने गरेको ज्यादै न्यून होला । सहकारीको वारेमा सबैले आप्mनो विचार दिने गरेका छन् तर यसको यथार्थ र मूल मर्मको विषयमा चिन्तन मनन गर्ने र सामान्य अध्ययन गर्ने मानिस कमै छन् । सहकारीको अभ्यास पनि यसको आधारभूत चरित्र भन्दा बाहिर नै हुने गरेको अवस्था देखिन्छ । सहकारीलाई कुनै राजनीतिक प्रणालीको निकट वा विकट भन्ने अभिव्यक्ति जिम्मेवार ब्यक्तिहरुबाट सुनिन्छ, यो यथार्थ होइन । राज्य र राजनीतिक पार्टीहरुले सहकारीलाई नेतृत्व गर्नुपर्ने मानसिकतामा नेपालको सहकारी क्षेत्रलाई जकड्याइएको छ, यसलाई विल्कुल गलत र विकासमा अवरोधक मान्नुपर्ने हुन्छ ।

विकासक्रम र चेतनाको विकासका हिसाबले राज्यभन्दा नागरिकहरु माथि रहन्छन । त्यसैले सहकारीको गतिविधि चेतनशील र सभ्य नागरिकहरुको अभियानका रुपमा विकास हुने मानिन्छ । अर्कोतिर सहकारी भन्दैमा र राज्यको श्रेस्तामा दर्ता हुँदैमा सहकारी मान्ने गरिएको छ तर सहकारी भनेको यसको व्यवसायिक चरित्रले निर्धारण गर्ने कुरा हो । यदि विद्यमान अवस्थामा रहेका सहकारीहरुलाई नै वास्तविक सहकारी मान्ने हो भने नेपालमा सहकारीको वास्तविक अनुभूति नै नगरी अझै लामो समय वित्नेछ भन्नु अत्युक्ति नहोला ।

परिमार्जनको आवश्यकता
वर्तमान अवस्थाको सहकारी क्षेत्रलाई नै धरोहरका रुपमा हेर्न मिल्दैन, यसमा व्यापक सुधार र परिमार्जनको आवश्यकता छ । यसमा भएका र यसले गरेको कयौं सकारात्मक कुराहरुलाई अवमूल्यन गर्ने मनसाय होइन तर असल सहकारी अभ्यासको लागि केही न केही प्रभावकारी परिमार्जन आवश्यक छ भन्न खोजिएको हो । विद्यमान सहकारीहरुमध्ये इच्छुक र सहकारीको पहिचानको व्यवस्थापन अपनाउन नसक्नेलाई छुट्टै वर्गका फाइनान्सीयल इन्स्टिच्युसनका रुपमा अगाडि बढ्ने कानुन बनाएर नेपाल राष्ट्र बैकको छाताभित्र ल्याउन सकिन्छ ।

सहकारीको चरित्र कायम गरेर चल्ने संघसंस्थालाई राज्यले भारी सहुलियत दिएर समुदायका दर्विला व्यवसायिक संगठन बन्नैपर्ने वातावरण बनाउनु जरुरी छ । सहकारीले पुरा गर्ने आप्mनो सामाजिक दायित्वलाई पुरा गर्ने वातावरण बनाएर सहकारीमा कुनै प्रकारको प्रत्यक्ष कर नलाग्ने बनाउनु पर्छ । औपचारिक शिक्षामा तत्कालदेखि नै सहकारी व्यवस्थापनको पढाई जरुरी छ । सहकारी क्षेत्रलाई अनुदानमुखी गैरसरकारी क्षेत्र, निजी स्वार्थ र निजी सम्पत्तिका लागि जे पनि गर्ने प्रवित्ति, राज्य र राजनीतिक क्षेत्रले निर्देशित गर्ने सौँच आदि भन्दा माथि उठेर सहकारी क्षेत्रको नयाँ चरणको विकास हुनुपर्ने आवश्यकता देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय