२०८१ मंसिर २३ आईतवार

काठमाडौं। नयाँ आर्थिक बर्ष लागेपछि बाणिज्य बैंकहरुको निक्षेप ६१ अर्ब रुपैयाँले घटेको छ। मसान्तमा ४२ खर्ब एक अर्ब कुल निक्षेप रहेको २७ बाणिज्य बैंकसँग साउनको २२ गतेसम्म ४१ खर्ब ४० अर्बमा झरेको छ।

साउन लागेपछि हरेक साता निक्षेप घटिरहेको छ। साउनको पहिलो साता नै निक्षेप ४३ अर्बले घटेको थियो भने दोस्रो साता थप ६ अर्ब घटेको थियो। तेस्रो साता अर्को १२ अर्बले निक्षेप घटेको छ।

बैंकका अनुसार, मसान्तको निक्षेपलाई त्यसअघिको सातासँग तुलना गरेर विश्लेषण गर्नु पर्छ। अघिल्लो साता सरकारी खर्चका कारण निक्षेप ४२ खर्ब नाघेको थियो। त्यसपछि त्यो पैसा ठेकेदारहरुले झिक्न थालेपछि निक्षेपमा गिरावट आउन थालेको हो।

यद्यपी ऋणमा भने बिस्तार देखिएको छ। असार मसान्तपछि ऋण १२ अर्ब रुपैयाँले बिस्तार भएको छ। साउनको पहिलो साता भने ऋण १५ अर्बले घटेको थियो। मसान्तमा ऋण ३७ खर्ब २१ अर्ब रुपैयाँ पुगेकोमा साउनको पहिलो साता ३७ खर्ब ६ अर्बमा झरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय