
काठमाण्डौ । ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको कोभिशिल्डको दोस्रो मात्रा लगाउन सुरु गरिएको छ । सोमबारबाट सरकारले कोभिड शिल्डको भ्याक्सिन लगाएर बसेका ज्येष्ठ नागरिकहरुलाई दोस्रो मात्राको खोप लगाउन शुरु गरेको हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत खोप महाशाखाले भुटानबाट र जापानबाट आएका खोप ज्येष्ठ नागरिकहरुलाई लगाउन लागिएको हो ।
कोरोनाविरुद्धको खोप लगाउन पुग्नुभएकी समाजसेवी भद्रकुमारी घलेले सरकारले बोलाइ–बोलाइ कोरोनाविरुद्धको खोप लगाउने अवसर प्रदान गरेकोमा आशिर्वाद दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी नसक्ने बुढाबुढीलाई बोलाइबोलाइ लाउन आइज भनेको छ,यस्तो सरकार आयो भने आशिर्वाद दिनुपर्छ ” काठमाडौं जिल्लाका १४४ खोप केन्द्रमार्फत् कोरोनाविरुद्धको खोप लगाइरहेको छ ।