२०८१ माघ २५ शुक्रबार

बेइजिङ- चीनमा कोरोना भाइरसका सङ्क्रमित बढ्न थालेका छन् । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा देशभित्रै सङ्क्रमित भएकाहरु भेटिनेक्रम बढेको छ । चीनमा चीन भित्रैबाट सङ्क्रमित भएका पाइएको छ । चीनको जाङ्सुमा मात्र स्थानीयरुपमै सङ्क्रमण भएका ४० जना भेटिएको बताइएको छ । त्यसैगरी हुनान, लियानिङमामा अरु सङ्क्रमित पाइएको बताइएको छ ।

ती क्षेत्रमा विगतका केही दिनदेखि निरन्तररुपमा नयाँ सङ्क्रमित देखिने गरेका छन् । चीनभित्रै सङ्क्रमणका नयाँ सूचनाहरु आइरहेका ती अधिकारीहरुले जनाएका छन् । स्थानीय नागरिकमै सङ्क्रमण देखिएपछि नेशनल हेल्थ कमिसनले चिन्ता व्यक्त गरेको छ ।

सोही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तीव्रता दिएको छ । चीनले कोरोना निको भएका नागरिकको पुनःस्वास्थ्य जाँच शुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय