काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवरी नायब प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेललाई दिइएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमको कार्यकाल यही साउन २५ गतेदेखि समाप्त हुने भएकोले बैंकले नायब प्रमुख कार्यकारी कडेंललाई सो जिम्मेवारी सुम्पिएको हो । उनले साउन २६ गतेदेखि बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने बैंकले जनाएको छ ।
ताजा समाचार
लोकप्रिय
Copyright © 2021 Business Bahas. All Rights Reserved.
Made with ❤️ By Gorkhaly Labs