
मेगा बैंक नेपाल लिमिटेडले शुक्रबार एकैदिन छवटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले प्रदेश नम्बर १ मा एउटा, बागमती प्रदेशमा तीनवटा, लुम्बिनी प्रदेशमा एउटा र सुदूरपश्चिम प्रदेशमा एउटा गरी जम्मा छवटा नयाँ शाखाहरू विस्तार गरेको हो ।
प्रदेश नम्बर १ मा सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वडा नम्बर १६ स्थित लविपुरमा बैंकले नयाँ शाखा खोलेको छ । बागमती प्रदेशमा नुवाकोट जिल्लाको विदुर नगरपालिका– २, बट्टारमा, चितवन जिल्लाको भरतपुर महानगरपालिका– ७, विकास चोकमा र सोही महानगरपालिकाको वडा नम्बर १० भरतपुर हाइटमा बैंकले नयाँ शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको छ ।
त्यसैगरी, बैंकले लुम्बिनी प्रदेशमा बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका– १८, कारकाँदोमा र सुदूरपश्चिम प्रदेशमा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका– १, एलएन चोकमा नयाँ शाखा विस्तार गरेको छ । यी शाखाहरुबाट बैंकिङ कारोबारको प्रारम्भ शुक्रबारदेखि नै भएको बैंकका प्रमुख सूचना अधिकारी तुलसीराम पोखरेलले जानकारी दिए ।
यी शाखा कार्यालयहरु सञ्चालनमा आएसँगै अब मेगा बैंकको शाखा संख्या १ सय ८४ पुगेको छ । निकट भविष्यमै थप १० वटा नयाँ शाखाहरु पनि सञ्चालनमा ल्याउने तयारी गरेको बैंकले जनाएको छ ।