२०८१ चैत्र १४ बिहीबार

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले श्रमिकहरुको ज्यालादर निर्धारण गरेको छ । जिल्ला प्रमुख कालीप्रसाद पराजुलीको अध्यक्षतामा बसेको बैठकले जिल्लाअन्तर्गत श्रमिकहरुको ज्याला बढाएको हो ।

आर्थिक वर्ष २०७६/७७ देखि यथावत अवस्थामा रहेको श्रमिकको ज्याला आर्थिक वर्ष २०७८/८९ मा जिल्ला प्रशासन कार्यालयले ५ प्रतिशतले बढाएको छ । १८ वर्ष उमेर कटेकाहरुका हकमा श्रमका लागि ८ घन्टा समय निर्धारण गरिएको छ ।

कामदारतर्फ: निर्माण कामका लागि श्रमिकको ज्याला आर्थिक वर्ष २०७८/८९ का लागि ७९०, फोहोर ढल सफा गर्ने कामदार ११२५, दक्ष श्रमिकतर्फ डकर्मी, सिकर्मी, नकर्मी, चित्रकार, वज्रकर्मी, मूर्तिकारलगायतको १०८०, अर्धदक्ष डकर्मी, सिकर्मी, नकर्मीलगाय श्रमिकको ८९०, फोरमेन, सामाजिक परिचालक, खदेललगायतको ७९० रुपैयाँ दैनिक ज्याला बढेको छ ।

यसैगरी सडकका कामतर्फः पिच स्प्रेयर, पिच ब्वायलर कामदारको दैनिक ८०५, दिउँसो काम गर्ने प्याच वर्करको ७९०, दिउँसो काम गर्ने प्याच वर्कर सुपरभाइजरको ८२५, प्याच वर्कर रात्री समय ११२५, रात्री काम गर्ने प्याच वर्कर सुपरभाइजरको ११५५, भरिया ( ४० केजी तौलसम्म) ८२५ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय