काठमाडौं। मैलुङ खोला जलविद्युत कम्पनीले साउन १४ गतेबाट सर्वसाधारणलाई सेयर बिक्री गर्ने भएको छ। कम्पनीले १८ गतेसम्म सेयर बिक्री गर्ने छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका ७ लाख ३६ हजार २८६ कित्ता सेयर निष्कासन गर्न लागेको हो। यसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता कर्मचारी र पाँच प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषलाई सेयर जारी गर्ने छ।
बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्ने छ। कम्पनीको सेयरमा कम्तिमा १० कित्ताका लागि आवेदन दनु पर्ने छ। अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सकिन्छ।
कम्पनीले रसुवामा ५ मेगावाट क्षमताको जलविद्युत परियोजना निर्माण गरिरहेको छ। कम्पनीको कुल लगात ९० करोड २९ लाख रुपैयाँ रहेको छ। साधारण लगानी फिर्ता हुने अवधि ६ बर्ष २ महिना छ।