धरान । डिसहोम फाइबर नेटले धरानमा पनि सेवा विस्तार गरेको छ । डीटीएच प्रयोगकर्ताको माग पूरा गर्न सन् २०२० मा डिसहोमले फाइबर नेट सेवा सुरु गरेको थियोे । डिसहोमको फाइबर नेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।
डिसहोम फाइबर नेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित डिसहोमका ग्राहकका लागि डिसहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुट, निःशुल्क डिसहोम गो एप र एक्सभीओडीलगायत सुविधा रहेको कम्पनीले जनाएको छ ।
फाइबर नेट योजना १० एमबीपीएस देखि सय एमबीपीएससम्म उपलब्ध रहेको बताइएको छ । कम्पनीले काठमाडौं उपत्यकालगायत हेटांैडा, इनरुवा, इटहरी, बर्दिबास, बुटवल, ढल्केबर, विराटनगर र धरानमा यसअघि नै सेवा विस्तार गरिसकेको छ ।















