२०८१ माघ २९ मंगलवार

काठमाडौ । कोरोना विरुद्धको जोन्सन एन्ड जोन्सन खोप काठमाडौँमा १८ वर्षमाथिका सबैलाई उपलब्ध गराईएको छ । खोप अभियानमा ५० देखि ५४ बर्ष उमेर समुहका लागि छुट्ट्याईएको खोप बचेका कारण १८ वर्षमाथिका सबैलाई खोप लगाउने ब्यवस्था गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

खोप लगाउनका लागि काठमाडौँमा ४४ वटा खोप केन्द्र तोकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले यही साउन ४ गते खोप अभियानको शुभारम्भ गरेका थिए । अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८ सय ५० मात्रा जोन्सन एन्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत असार २८ गते अनुदानमा उपलब्ध गराएको थियो ।

जोन्सन एन्ड जोन्सन खोप पूर्ण तथा अति अशक्त अपाङ्गता भएका नागरिक, शरणार्थी, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई समेत उपलब्ध गराईएको थियो । नेपालमा अहिलेसम्म ३१ लाख ५० हजार ९५६ जनाले पहिलो मात्रा र ११ लाख ५८ हजार १३० जनाले दोस्रो मात्रा खोप लगाइसकेको बिभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय