
काठमाडौं । अनलाइन बजार दराजले महाबचत बजार अभयान सञ्चालन गरेको छ । यो अभियानमा ४ हजारसम्म छुट, बैंक कार्ड वा आईएमईपेमार्फत अनलाइन प्रि–पेमेन्टमा २ हजारसम्मको छुट, १ रूपैयाँमा आईफोन१२ जित्ने मौका मिल्ने कम्पनीले जनाएको छ । बम्पर उपहारमा म्याकबुक प्रो १३ जित्ने मौका रहेको र निःशुल्क डेलिभरी, निःशुल्क भाउचर साथै अन्य पुरस्कार जित्ने सकिने पनि दराजले जनाएको छ ।
यस अभियानमा नबिल बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक र एनएमबी बैंकका कार्ड धारकले प्रि–पेमेन्टमा आकर्षक छुट पाउनेछन । यी बैंकका डेबिटकार्ड धारकले १५ वा १ हजार ५ सय रुपैया सम्मको छुट पाउनेछन् भने क्रेडिट कार्ड धारकले कार्ड प्रि–पेमेन्टमा २० प्रतिशत वा २ हजारसम्म छुट पाउन सक्ने उल्लेख छजनाइएको छ । योअफर सीमित समयको लागि मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
यसैगरी, आईएमईपे खाता मार्फत प्रि–पेमेन्ट गरेर मूल्य थप कम गर्न पनि सकिने जनाइएको छ । आईएमईपेमार्फत भुक्तानी गरे २० प्रतिशतसम्म छुट पाउन सक्नेछन् । यसबाहेक पहिलोपटक भिसा कार्डमार्फत भुक्तानी गर्ने दराज ग्राहकले २० प्रतिशतसम्मको छुट पाउन सक्ने जनाइएको छ । दराज महाबचत बजारमा ‘खेल एक रुपैयाँ’मा भाग लिने ग्राहकले १ लाख ३३ हजार मूल्यको आईफोन १२ र ५० हजारको श्रीबालाजी हीराको झुम्काजस्ता पुरस्कार जित्न सक्ने पनि विज्ञप्तिमा उल्लेख छ ।