काठमाडौं । रेनल्ट नेपालले किगर गाडीको बुकिङ खुला गरेको छ । कम्पनीले २८ लाख ४९ हजार मुल्य निर्धारण गर्दै बुकिङ खुला गरेको हो । देशभरका १५ वटा सेल्स आउटलेटको डिलरसिप नेटवर्कबाट बुकिङ हुने कम्पनीले जनाएको छ । रेनल्ट इन्डियाको अपरेसन कन्ट्री सीईओ एवं प्रबन्ध निर्देशक भेन्कट्राम ममिलापल्लेका अनुसार ‘रेनो काइगर आधुनिक एसयूभी हो जुन बजारका लागि पर्फेक्ट फिट छ । यसले कम्पनीको इनोभेसन, व्रिmएटिभिटीमा ध्यान दिएको छ ।
विशाल ग्रुपका प्रबन्ध निर्देशक निकुञ्ज अग्रवालले नेपालमा रेनो किगर सबैभन्दा बढी मागका साथ धेरै प्रतीक्षा गरिएको गाडी भएको बताएका छन । रेनो किगर स्टनिङ, स्मार्ट र स्पोर्टी बी–एसयूभीको रूपमा स्थापित रहेको छ । यो गाडी क्यासपियन ब्लु, रेडियन्ट रेड, मुनलाइट सल्भिर, प्लानेट ग्रे, आइस कुल वाइट, माहोगनी ब्राउन साथै डीटी रङमा उपलब्ध हुने पनि उल्लेख छ ।