२०८१ माघ २७ आईतवार

वीरगंज । बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रा.ली.ले नारायणी अस्पताललाई एक कार्यक्रमका बीच ४० लाख मूल्य बराबरको विभिन्न स्वास्थ्य उपकरणहरू हस्तान्तरण गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सूर्य नेपालका महाप्रबन्धक प्रभाकर विक्रम शाहले नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्र बहादुर प्रधानलाई ह्विल चेयर १२ थान, प्यासेन्ट मोनिटर १० सेट, एबिजी मेशिन १ सेट गरी ४० लाख बराबरको उपकरणहरू हस्तान्तरण गर्नु भएको छ ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै सूर्य नेपालका महाप्रबन्धक शाहले नारायणी अस्पताललाई सुविधा सम्पन्न अस्पतालको रुपमा रूपान्तरण गर्न सबै क्षेत्रको सहयोगको आवश्यकता रहेको कुरामा जोड दिनुभयो ।

उहाँले नारायणी अस्पताललाई प्रभावकारी चिकित्सकीय सेवा प्रवाह गर्ने अस्पतालको रुपमा स्थापित गराउनु पर्नेमा जोड दिनुभयो ।

सोही अवसरमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्र बहादुर प्रधानले प्राप्त स्वास्थ्य उपकरणले अस्पतालको संस्थागत क्षमता अभिवृद्धिमा थप सहयोग पुगेको बताउँदै सूर्य नेपालद्वारा प्राप्त उपकरणको उच्चतम प्रयोगमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

हस्तान्तरण कार्यक्रममा सूर्य नेपालका कमर्सियल म्यानेजर उमेश थापा, सेक्युरिटी अफिसर यज्ञ आले तथा सूर्य नेपालका वरिष्ठ अधिकृत कर्मचारीहरूको उपस्थिति रहेको थियो भने नारायणी अस्पतालका डा. उदय नारायण सिंह, डा. अतुलेश चौरसिया लगायत अस्पताल प्रशासनका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय