काठमाडौ । कामना सेवा विकास बैंक लिमिटेडले १ हजार अंकित दरका १० लाख कित्ताले हुन आउने एक अर्ब रुपैया बराबरको ९ प्रतिशत ‘केएसविएल डिवेन्चर २०८८’ऋणपत्र जारी गर्नको लागि बिक्री प्रबन्धकको रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बिक्रीप्रबन्धकको नियुक्ति सम्बन्धमा सोमबार बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र क्यापिटलका तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले सम्झौता–पत्रमा हस्ताक्षर गरेका हुन ।
कामना राष्ट्रिय स्तरको विकास बैंक हो । यस बैंकको संस्थापकमा सरकारी सेवा, विभिन्न संघ संस्थामा आवद्ध एवं व्यवस्थापनमा राम्रो अनुभव तथा व्यावसायिक दख्खल भएका प्रतिष्ठित व्यवसायी संलग्न रहेको विज्ञप्तिमा उल्लेख छ । ग्राहकलाई समयसापेक्ष उत्कृष्ट सेवासुविधाहरु उपलब्ध गराउँदै आइरहेको बैंकले हाल १ सय २८ शाखाकार्यालयर १ एक्सटेन्शन काउन्टर तथा ७० एटिएम मार्फत आफ्नो सेवाहरु प्रवाहगर्दै आएको छ ।