२०८१ मंसिर २३ आईतवार

काठमाडौं। सरकारले निषेधाज्ञा गरेपछि पनि ऋण बिस्तारमा नरोकिएका बैंकहरुको सेवा दिएबापत गर्ने आम्दानीमा भने गिरावट देखिएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको वैशाख र जेठको वित्तीय विवरण अनुसार बैंकहरुको कमिसन, शुल्क तथा विदेशी विनिमयबापतको आम्दानी घटेको छ।

सरकारले वैशाख १६ गतेबाट निषेधाज्ञा गरेको थियो। असारको पहिलो सातापछि बल्ल खुकुलो पारेको हो। वैशाख १६ देखि जेठ मसान्तसम्मको अवधिमा बैंकहरुले ५३ अर्ब रुपैयाँ ऋण बढाएका थिए। उनीहरुले ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए।

रकममा वैशाखभन्दा जेठमा बढेको देखिए पनि अनुपातमा हिसाब गर्दा घटेको देखिन्छ। एनआइसी एसिया बैंकको त रकममै पनि घटेको छ। वैशाखमा बैंकले एक अर्ब ८८ करोड ७१ लाख रुपैयाँ आम्दानी गरेको थियो। जेठमा आउँदा त्यो ४ करोड ४३ लाख रुपैयाँले घटेर एक अर्ब ८४ करोड २८ लाखमा सीमित भएको छ।

आम्दानी घट्दा पनि दोस्रो धेरै आम्दानी गर्नेमा एनआइसी एसिया छ। पहिलोमा ग्लोबल आइएमइ बैंक छ। ग्लोबलले २ अर्ब ४१ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ। वैशाखमा बैंकको आम्दानी २ अर्ब २६ करोड रुपैयाँ थियो।

कमिसन, शुल्क तथा विदेशी विनिमयको आम्दानीमा अगाडि देखिएका स्ट्यान्डर्ड चार्टर्ड, नबिल, हिमालयन, नेपाल इन्भेष्टमेन्ट, एभरेष्ट र नेपाल एसबीआइजस्ता बैंक पछाडि परेका छन्।

वैशाखको तुलनामा जेठमा आम्दानी बढाउनेमा ग्लोबल आइएमइसँगै बैंक अफ काठमाण्डू (बिओके) छ भने यसपछि स्ट्यान्डर्ड चार्टर्ड, नेपाल इन्भेष्टमेन्ट र नबिल बैंक छन्। यसपछि सिद्धार्थ र माछापुच्छ्रे बैंकको आम्दानी राम्रो छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय