२०८१ माघ २५ शुक्रबार

काठमाडौं । वित्तीय सचेतना र ग्रामीण स्तरसम्म बैंकिङ पहुँच विस्तार हुन थालेसँगै बचत खाताको संख्या उल्लेख्य रूपमा बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्यांकले बैंक तथा वित्तीय संस्थामा रहेको बचत खाताको संख्या जनसंख्याको २० प्रतिशतभन्दा बढी (तथ्यांक विभागको जनसंख्या प्रक्षेपण सन् २०३०, ३ करोड २ लाख २९ हजार ९६६ को आधारमा) पुगेको देखाएको छ ।

केन्द्रीय बैंकको प्रतिवेदन अनुसार सो अवधिमा वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाका गरी कुल बचत खाता संख्या ३ करोड ६३ लाख ६६ हजार ४१ पुगेको छ, जसमध्ये वाणिज्य बैंकका सबैभन्दा बढी ३ करोड १५ लाख ६५ हजार ३७४ रहेको छ । यसैगरी विकास बैंकमा ४० लाख ८८ हजार ४९८ र वित्त कम्पनीमा ७ लाख १२ हजार १६९ वटा बचत खाता रहेका छन् ।

सोही अवधिमा ऋणखाता संख्या भने १६ लाख ८२ हजार ८४५ पुगेको प्रतिवेदनमा उल्लेख छ, जसमध्ये वाणिज्य बैंकमा १३ लाख ३४ हजार छन् भने विकास बैंक र वित्त कम्पनीमा क्रमशः ३ लाख १ हजार ५१४ र ४७ हजार ३३१ वटा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय