२०८२ मंसिर २१ आईतवार

काठमाडौं । आगामी माघ १ गतेदेखि ५ लाख रुपैयाँ वा सोभन्दा माथिको वस्तु तथा सेवाको खरिदबिक्री वा कारोबार गर्दा बैंकिङ प्रणालीबाट गर्नुपर्ने भएको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले माघ १ गतेदेखि नै लागु हुनेगरी यो व्यवस्था गरेको हो ।

आगामी माघ १ गतेदेखि एकपटकमा ५ लाख रुपैया वा सोभन्दा माथिको सेवा, बस्तुको खरिदबिक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैंकिङ उपकरणबाट गर्नुपर्ने गरी नगद कारोबारको सीमा निर्धारण गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका मृत्युवरण गरेका सहिदहरूको सम्झनामा प्रत्येक वर्ष भाद्र २३ गतेलाई जेनजी सहिद दिवसको रूपमा मनाउने निर्णय पनि गरेको छ । त्यसैगरी सहसचिव बैकुण्ठ अर्याललाई सचिवमा बढुवा गर्नुकासाथै विश्वविद्यालय अनुदान आयोगको सचिव पदमा प्राध्यापक ज्ञानबहादुर थापालाई नियुक्त गरिएको छ । प्रेस काउन्सिल अध्यक्षमा डा. कुमार शर्मा आचार्य नियुक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर