२०८२ मंसिर २१ आईतवार

कामना सेवा विकास बैंक लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार नक्सालमा भएको साधारण सभाले १० प्रतिशत नोनस शेयर तथा ५.७८९५ प्रतिशत नगद गरि कुल १५.७८९८ प्रतिशत लाभांश पारित गरेको हो ।

उक्त साधारण सभाबाट लेखा परीक्षकको प्रतिवेदन सहित आ.व.२०८१.८२ को वार्षिक वित्तीयविवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आ.व.को नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब लगायत वित्तिय विवरणसँग सम्वन्धीत अनुसूचीहरु सर्वसम्मतीले पारित गरेको छ ।

त्यसैगरि सभाबाट आगामी चार वर्षको लागि संस्थापक समूह अन्तर्गत सुदिप आचार्य, भिम प्रसाद तुलाचन, चतुराखर अधिकारी र सर्वसाधारण समूहअन्तर्गत बलराम बराल, विश्वेश्वर सुवेदी र डा. पवनकुमार शर्मा निर्विरोध निर्वाचित भएका छन् ।

उक्त साधारणसभाले आ.व. २०८२\०८३ को लेखापरीक्षण नियुक्ती गर्नको लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखापरीक्षक एन.बि.एस.एम एण्ड एसोसिएट्सलाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारणसभामा सेयरधनीले राखेको जिज्ञासाको जवाफ बैंकका अध्यक्ष सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले दिएका थिए । सीईओ थकालीले निरन्तर रुपमा दोहोरा अंकमा लाभाशं वितरण गर्न बैंक सफल भएकोमा आगामी दिनहरुमा संस्थालाई दिगो बनाई प्रतिफल प्रदान गर्न प्रतिबद्ध रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर