२०८२ माघ २ शुक्रबार

काठमाडौं । किन युवाहरु विदेश पलायन भइरहेका छन् ? यो विषयमा सरकारले धेरै वकालत त गर्छ, चर्का चर्का भाषण पनि हुन्छन् । तर, दीर्घकालीन रुपमा कसरी निर्मुल पार्न सकिन्छ त्यो तर्फ कहिल्यै पनि गम्भीर भएर सोच्न सकेन ।

फलस्वरुप उर्जाशील दक्ष जनशक्ति दिनमा दुई गुना रातमा चौगुना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सप्तरङ्गी फूलको माला र खादा पहिरिएर चांडै फर्किने आशमा आँखा भरि आँशु पारेर वृद्ध बा, आमार आफ्ना श्रीमती, लालाबालालाई छाडेर परदेसिन वाध्य बनेकाहरुको पिडालाई गीतको माध्यमबाट सन्देश दिने प्रयास गरेका छन् लोकप्रिय गायक राम कुमार नेपाली र गंगा सोनमको स्वरमा ‘झ्याँडी खोला’ बोलको मर्मश्पर्शी गीतको भिडियो भारती पिक्चर्स युवटुव च्यानलबाट सार्वजनिक भएको छ ।

अमृत भारतीको शब्द, रामकुमार नेपालीको संगीत, संगीत संयोजन रहेको गीतको भिडियोमा दिनेश केसी. अमृत भारती, सुजन गौतम लगायतको जिवन्त अभिनय रहेको छ । यसमा छायांकन रवीन्द्र बराल, सम्पादक अच्युत बजगाईं, मेकअप कविता टोलाङ्गे, निर्देशक लिगेश भट्टराईको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर