काठमाडौ । ज्योति विकास बैंक र नेपाल रेष्टुरेण्ट तथा बार एशोसियेसन नेपाल (रेबान) बीच सहकार्यको लागि सम्झौता भएको छ । रेबानमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीलाई विभिन्न बैंकिग सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो ।
एक कार्यक्रमकाबीच बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारस राज कंडेल र रेबानका तर्फबाट अध्यक्ष अरनिको राजभण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन । सम्झौता अनुसार बैंकले रेबानमा आबद्ध व्यवसायी तथा त्यस्ता संस्थामा कार्यरत कर्मचारीलाई विशेष छुटमा प्रोफेसनल लोन र १५ लाख रुपैयाँ सम्मको बिना धितो सहुलियतपूर्ण कर्जा प्रदान गर्ने पनि उल्लेख छ ।
सम्झौता पश्चात बैंकले रेबानमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीलाई सहज वित्तिय सेवा प्रदान गर्नुका साथै रेबान अन्तर्गतका व्यवसायीलाई डिजिटल बैंकिंग सेवा प्रदान गर्ने र सहज रुपमा सुचारु गरि व्यवसायमा लागू गर्न पनि सहयोग गर्ने उल्लेख छ । व्यवसायीले डिजिटल भुक्तानीका सेवा आफ्नो व्यवसायमा भित्रयाई ग्राहकलाई थप सुविधा उपलब्ध गराउने पनि उल्लेख छ ।
यसका साथै बैंकले आधुनिक बैंकिग, वितिय साक्षरता,उद्यमशीलता विकासका निमित्त रेबान संगको सहकार्यमा विभिन्न कार्यक्रम संचालनमा ल्याउने भएको छ । बैंकले हाल १ सय ५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।