काठमाडौ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र ज्योति विकास बैंक वीच आपसी संस्थागत हित र व्यवसाय प्रवद्र्धनका लागि सह–कार्य गर्न सहमति–पत्रमा हस्ताक्षर भएको छ । सहमति पत्रमा महासंघका अध्यक्ष रमेश महर्जन र बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारस राज कंडेलले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन ।
सहमति अनुसार उक्त बैंकले महासंघमा आवद्ध आभुषण व्यवसायीलाई सहुलियतपूर्ण ऋण सुविधा प्रवाह गर्नेछ । सो कार्यमा महासंघले सहजिकरण गर्ने पनि विज्ञप्तिमा उल्लेख छ । बैंकले ऐन, नियम र मापदण्डको आधारमा प्रोफेसनल कर्जा, महिला उद्यमशील कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा र विदेशीबाट फर्केका युवा परियोजना कर्जा आदि प्रदान गर्ने छ । कर्जा प्रवाह गर्दा बैंकले लिने सेवा शुल्कमा विशेष छुट प्रदान गरिनेछ ।
सो बैंकले डिजिटल बैंकिगलाई प्रोत्साहित गर्न खुद्रा व्यापारमा संलग्न गहना व्यवसायीलाई क्यूआर कोड प्रदान गर्ने र उक्त सेवा सूचारु गर्नको लागि शून्य मौज्दातमा चल्ती खाता खोल्ने सुविधा उपलब्ध गराउने पनि विज्ञप्तिमा उल्लेख छ । महासंघको अनुरोधमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘हाम्रो विकास प्रवद्र्धन कोष’ बाट गहना व्यवसायीको क्षमता विकासको लागि विभिन्न कार्यक्रमहरु पनि संचालन गर्ने पनि जनाएको छ ।