
काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेप र कर्जा लगानी दुवैमा वृद्धि देखिएको छ । केन्द्रीय बैंकको वैशाख २२ र २३ गतेको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीको निक्षेपमा एकैदिन ३ अर्ब रुपैयाँको वृद्धि देखिएको हो ।
केन्द्रीय बैंकको तथ्यांकअनुसार २२ गते बैंकिङ्ग प्रणालीमा ६८ खर्ब ५३ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा भोलिपल्ट बढेर ६८ खर्ब ५६ अर्ब रुपैयाँ पुगेको छ । यस्तै, सो समयमा वाणिज्य बैंकहरुको निक्षेप संकलनमा ३ अर्ब रुपैयाँ कै वृद्धि देखिएको छ ।
समीक्षा अवधिमा कर्जा लगानीमा पनि सामान्य वृद्धि देखिएको छ । वैशाख २२ गते ५५ खर्ब १४ अर्ब रुपैयाँ कर्जा लगानी भएकोमा भोलिपल्ट १ अर्बले बढ्दै १५ अर्ब पुगेको छ । सो समयमा वाणिज्य बैंकहरुको कर्जा लगानीमा पनि १ अर्ब रुपैयाँकै वृद्धि देखिएको छ । सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत र सिडी रेसियो ७९ दशमलव २३ प्रतिशत रहेको छ ।