२०८२ बैशाख ५ शुक्रबार

काठमाडौं । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा २० वटा वाणिज्य बैंकहरुले ६० खर्ब ३७ अर्ब कुल निक्षेप रकम जम्मा गरेका छन् । कृषि विकास बैंकले २ खर्ब ५३ अर्ब निक्षेप रकम जम्मा गर्दा सिटिजन्स बैंकले २ खर्ब १ अर्ब निक्षेप रकम जम्मा गरेको नेपाल बैंकर्स संघको तंथ्याकले देखाएको छ ।

त्यस्तै एभरेष्ट्र बैंकले २ खर्ब ६७ अर्ब निक्षेप रकम जम्मा गर्दा ग्लोबल आईएमई बैंकले ५ खर्ब ३३ अर्ब निक्षेप रकम जम्मा गरेको छ । त्यस्तैगरी, हिमालयन बैंकले ३ खर्ब ३ अर्ब, कुमारी बैंकले ३ खर्ब ५६ अर्ब, लक्ष्मी सनराइज बैंकले ३ खर्ब ५० अर्ब, माच्छापुच्छ्रे १ खर्ब ६८ अर्ब, नबिल बैंकले ५ खर्ब ३ अर्ब, नेपाल बैंक लिमिटेडले ३ खर्ब ९ अर्ब निक्षेप रकम जम्मा गरेका छन् ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ खर्ब ५२ अर्ब निक्षेप रकम जम्मा गर्दा नेपाल एसबीआई बैंकले १ खर्ब १८ अर्ब निक्षेप रकम जम्मा गर्न सफल भएका छन् ।

एनआइसी एसीया बैंकले २ खर्ब ९८ अर्ब, एनएमबी बैंक २ खर्ब ६६ अर्ब, प्रभु बैंक ३ खर्ब १२ अर्ब, प्रइम बैंक २ खर्ब ४२ अर्ब, राष्ट्रिय वाणिज्य बैंक ४ खर्ब ४७ अर्ब, सानिमा बैंक २ खर्ब १५ अर्ब, सिद्धार्थ बैंक २ खर्ब ४६ अर्ब, स्ट्याण्डर्ड चाटर्डर्ड बैंकले १ खर्ब २५ अर्ब कुल निक्षेप रकम जम्मा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय