
काठमाडौं । ग्याँस बिक्रेता महासंघको अध्यक्षमा ज्ञानेश्वर अर्याल दोहोरिनुभएको छ । महासंघको छैटौं अधिवेशन र ११औं साधारणसभाले अर्यालको अध्यक्षतामा २६ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
महासंघका निवर्तमान अध्यक्ष चन्द्र थापाका अनुसार वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिवमा क्रमशः विष्णुप्रसाद ज्ञवाली, रामप्रसाद ज्ञवाली, गेहेन्द्र रिजाल, लालबहादुर केसी, रामप्रसाद गैरे, सन्तोष श्रेष्ठ, राधिका महर्जन, रामकृष्ण खड्का र विनोद काफ्ले रहेका छन् । महासंघमा एक वरिष्ठ उपाध्यक्ष, सात उपाध्यक्ष र एक महासचिव रहने व्यवस्था छ ।
सचिव, कोषाध्यक्ष र सदस्यमा क्रमशः कृष्णप्रसाद गैरे, रविन कार्की, प्रकाश तिवारी, रामपुकार खड्का, रामशरण पुडासैनी, शेषकान्त भण्डारी, ओमकार बोहरा, सुधिर यादव, कमल अधिकारी, हरि ढकाल, मञ्जु थापा, छविराज भट्ट, जयराम श्रेष्ठ, गोविन्द शाह र हरिहर बजगाईं चयन भएका छन् । अर्याल यसअघि दुईपटक महासंघको अध्यक्ष भइसक्नुभएको छ । महासंघमा देशभरका १२ हजार बिक्रेता आबद्ध छन् ।