२०८१ माघ २९ मंगलवार

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले काठमाडौंको घण्टाघरस्थित शाखा प्रदर्शनी मार्गमा स्थानान्तरण गरेको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नम्बर २८ घण्टाघरमा रहेको शाखा कार्यालय सोही वडा भित्र प्रदर्शनी मार्गमा स्थानान्तरण गरेको हो ।​

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले शाखाको शुभारम्भ गरे । यस शाखाबाट ग्राहकहरूले उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरू लिन सक्ने उनले जानकारी दिए । हाल बैंकले २८३ शाखा कार्यालय, ६५ वटा एक्स्टेन्सन काउन्टर, ६६ वटा शाखारहित बैंकिङ र २६६ वटा एटीएममार्फत सेवा प्रदान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय