२०८१ मंसिर २३ आईतवार

काठमाडौ : सेयर कारोबार गर्ने लगानीकर्ताहरुले सरकारलाई चालु आर्थिक वर्षको पहिलो ४ महिना (साउनदेखि कात्तिकसम्म) ८ अर्ब १६ करोड २६ लाख रुपैयाँ पुँजीगत लाभकर बुझाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ११ सय ६१ प्रतिशतले धेरै हो । गत वर्षको पहिलो ४ महिनामा लगानीकर्ताले ६४ करोड ७० लाख रुपैयाँ पुँजीगत लाभकर तिरेको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।

गएको साउन महिना नेप्से सूचकमा निकै राम्रो वृद्धि देखिएको थियो । सेयर कारोबार रकम पनि बढेको थियो । चालु आर्थिक वर्षको पहिलो महिना लगानीकर्ताहरुले ४ अर्ब २३ करोड ७८ लाख रुपैयाँ भन्दा धेरैको राजश्व बुझाएक देखिएको छ । त्यसैगरी, भदौमा २ अर्ब ५७ करोड ९४ लाख, असोजमा ५८ करोड ६५ लाख, र कात्तिकमा ७५ करोड ८७ लाख रुपैयाँ क्यापिटल गेन ट्याक्स बुझाएका छन् ।

लगानीकर्ताले चालु आवको ४ महिनासम्म बुझाएको लभकर आर्थिक वर्ष २०७३-७४ देखि २०७६-७७, आव २०७९-८० र २०८०-८१ मा तिरेको रकम भन्दा धेरै हो । गत वर्ष सेयर लगानीकर्ताले ५ अर्ब ५० करोड रुपैयाँ भन्दा धेरैको कर बुझाएका थिए । सेयर बजारमा वृद्धि आएको समय लाभ कर पनि बढ्ने गरेको देखिएको छ । बजार बुलिस रहेको बेला अर्थात, आर्थिक वर्ष २०७७-७८ र २०७८-७९ मा सेयर लगानीकर्ताले क्रमशः १४ अर्ब १३ करोड र १० अर्ब ३५ करोड रुपैयाँ लाभकर बुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय