२०८१ माघ २४ बिहीबार

काठमाडौ । नबिल बैंकले नबिल दिगो बैंकिङ स्थापनाको घोषणा गरेको छ । बैंकले मंगलबार एक भर्चअल कार्यक्रममार्फत सो घोषणा गरेको हो । नबिल दिगो बैंकिङको माध्यमबाट बैंकले अहिलेसम्म बैंकिङ नगरेकालाई वित्तीय पहुच प्रदान गर्दै देशको सबैभन्दा दुर्गम स्थानहरूमा उद्यमशिलतालाई प्रवद्र्धन गर्ने उद्देश्यअनुसार नबिल दिगो बैंकिङ स्थापनाको घोषणा गरेको हो ।
संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यसँग पंक्तिबद्ध भएर नबिल दिगो बैंकिङले भौगोलिक, जनसांख्यिकीय र आर्थिक स्तरसम्म गएर सुदृढ नेपालको लागि स्थायी लघुउद्यम सिर्जना गर्नको निमित्त सुविधाहरू प्रदान गर्ने सोच नबिलले लिएको छ ।

बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले समग्र बैंकिङ क्षेत्रले लाखौंको जीवनलाई छुने र सबै पक्षमा सकारात्मक प्रभावहरू ल्याउन सक्षम भएको बताए । नबिल दिगो बैंकिङ, बैंकिङ क्षेत्रमा एउटा नयाँ अनुशासन हो र यसले बोट–बिरुवा र मानिसहरूमा पारेको प्रभावले गर्दा यसको महत्व दिनहुँ बढ्दैछ । नबिल बैंक, नेपालकै एक अग्रणी बैंकले सुदृढ नेपालका लागि दिगोपन/स्थायित्वको अवधारणलाई आफ्नो रणनीतिगत दिशामा अपनाएको छ ।

ग्रामीण नेपाल र वित्तीय पहुँच न्यून भएका वर्गहरूका लागि उद्यमशीलताको विकास र कृषि क्षेत्रको व्यावसायीकरण गर्न बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा नामक दुईवटा उत्पादन ल्याएको छ । यी उत्पादनहरू देश ब्यापी रुपमा सबै शाखाहरूमा ल्याइएता पनि बैंकले सुरुमा छानेको १७ वटा ग्रामीण शाखाहरूमा ग्रामीण नेपालमा दीर्घकालीन प्रभाव पार्न दिगो क्रियाकलापअन्तर्गत केन्द्रित रहनेछ । दिगो प्राथमिकता तर्फ कार्य गर्दै, बैंकले प्राविधिक शिक्षा र व्यावसायिक प्रशिक्षण परिषद् (सिटिईभिटी) का साथ समझौता पत्रमा पनि हस्ताक्षर गरेको छ ।
समझौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र सिटिईभिटीका सदस्य सचिव जीव नारायण काप्mलेले हस्ताक्षर गरेका छन । मुलुकभरका १ सय १९ शाखा कार्यालय, १ सय ८५ एटीएम र १ हजार ५ सय भन्दा धेरै नबिल रेमिट एजेन्टहरू सहित विभिन्न देशमा रहेका एजेन्टको बृहत सन्जाल मार्फत निरन्तर गुनस्तरीय सेवा प्रवाह गरिरहेको पनि विज्ञप्तिमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय