२०८१ फाल्गुन १ बिहीबार

काठमाडौं । असार १५ लाई १८ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव मनाइएको छ । “धान उत्पादनमा वृद्धिः खाद्यसुरक्षा, आत्मनिर्भरता र समृद्धि” भन्ने नाराको साथ दिवस मनाइएको छ ।

आजसम्ममा देशभर करिब २७ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ । गत वर्ष ५६ हजार मेट्रिक टन धान फलेकोमा यस वर्ष पनि मौसम राम्रो भएकाले गत वर्षकै हाराहारीमा धान फल्ने अपेक्षा छ । कृषि प्रधान देश भए पनि धान र चामलको आयात भने हरेक वर्ष बढिरहेको छ ।

प्रमुख खाद्यान्न बाली धान भए पनि नेपाल अहिले धानमा आत्मनिर्भर छैन । हामीले यसरी धुमधामका साथ रमाइ रमाई धानखेति गरे पनि चामल आयात घट्न सकेको छैन । भन्सार विभागको तथ्यांक अनुसार यस अर्थिक वर्षको ११ महिनासम्ममा २८ अर्ब ६० करोड ३१ लाख रुपैयाँको ६० करोड ३७ लाख २४ हजार किलो चामल आयात भएको छ ।

जुन हालसम्मकै उच्च हो । चामल मात्रै नभएर धानको पनि आयात बढेको छ । ११ महिनामा १९ अर्ब ५५ करोड ९७ लाखको ३४ करोड ८३ लाख ३६ हजार किलो धान आयात भएको छ । धान र चामल किन्न मात्रै ४८ अर्ब १६ करोड रुपैयाँ विदेश गएको छ । कोदो मकै गहुँ लगायतका अन्य अन्नको सट्टा चामलको प्रयोग बढेकाले यस्तो भएको सरकारी अधिकारीको दाबी छ ।

नेपालमा समुद्रि सहतबाट ६० मिटरको उचाई देखि बिश्वकै सबैभन्दा उच्च स्थान जुल्लाको छुमचौरको तीन हजार ५० मिटर उचाईसम्म धान खेति हुन्छ । संसारकै धान उत्पादक देश मध्ये नेपाल १७ औं स्थानमा पर्छ ।

चालु आर्थिक वर्षमा १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलबाट ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । तर पनि धान चामल आयात बढिरहेको छ । धानको उत्पादन र उपयोगको अनुपात मिलाउन नसक्ने हो भने आउँदा दिनमा धान चामल आयात अझै बढ्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय