काठमाडौं । धितोपत्र कारोबारका लागि प्रयोग हुँदै आएको मेरो शेयर खाताको झन्डै १९ लाखओटा निष्क्रिय बनेका छन् । धितोपत्र राफसाफकर्ता सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले सार्वजनिक गरेको तथ्यांकअनुसार १८ लाख ७९ हजार ६२ मेरो शेयर खाता निष्क्रिय अवस्थामा रहेका छन् ।
कुल ५४ लाख ७३ जार २६५ ओटा मेरो शेयर खाता खोलिएकोमा ३५ लाख ९४ हजार २०३ ओटा मात्र सक्रिय रहेकाे सीडीएससीका सूचना अधिकारी सुरेश न्यौपानेले बताए । याे वार्षिक रूपमा नवीकरण भएका खाताको संख्या हाे । मेरो शेयर खाता सञ्चालनबापत वार्षिक ५० रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था छ।यसबाट पछिल्लो समय बजारमा लगानीकर्ताको सक्रियता घटेको बुझ्न सकिन्छ ।