२०८१ मंसिर २३ आईतवार

काठमाडौं – न्यूयोर्कमा जारी गरिएको नयाँ प्रतिवेदन अनुसार विश्वका ४५ करोड ५० लाख गरिब मानिसहरु द्वन्द्वग्रस्त देशहरुमा बसिरहेका छन् । जसले गरिबी घटाउने प्रयासहरुमा ठूलो बाधा पुर्याइरहेको छ । सन् २०२४ को बहुआयामिक गरिबी सूचकांक (एमपीआइ) अनुसार विश्वभर १ अर्ब १० करोड मानिसहरु चरम गरिबीमा छन् । जसमध्ये ४० प्रतिशत मानिसहरु युद्ध, अस्थिरता र शान्तिको कमी भोगिरहेका देशहरुमा छन् ।

यो रिपोर्ट संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडीपी) र अक्सफोर्ड गरीबी तथा मानव विकास पहल (ओपीएचआइ) द्वारा प्रकाशित गरिएको हो । जसले ११२ देशहरुका ६ अर्ब ३० करोड मानिसहरुको गरिबीको बहुआयामिक विश्लेषण प्रदान गर्दछ । यसमा २० देशहरुको नयाँ तथ्यांकपनि समावेश गरिएको छ । जसले गरिबी र द्वन्धबीच सम्बन्धलाई थप गहिरो रुपमा बुझ्न मद्दत गरेको छ ।

द्वन्द्व र गरिबी

प्रतिवेदनमा द्वन्द्व प्रभावित देशहरुमा गरिबीका सबै १० सूचकहरुमा बढी अभाव देखिन्छ । उदाहरणका लागि, द्वन्द प्रभावित देशहरुमा ४ मध्ये १ गरिब व्यक्तिसँग बिजुलीको पहुँच छैन । जबकि स्थिर क्षेत्रहरुमा यो अनुपात केबल २० मध्ये १ छ । यस्तै, बाल शिक्षा, पोषण र बाल मृत्यु दर जस्ता क्षेत्रमा पनि द्वन्द ठूलो असर पुर्याएको छ । द्वन्दग्रस्त क्षेत्रमा बाल शिक्षा र पोषणमा गरिबी धेरै उच्च रहेको छ । जसले गरिबी घटाउन निकै गाह्रो बनाएको छ ।

अफगानिस्तानको केस स्टडी

रिपोर्टले अफगानिस्तानको गम्भीर स्थिति पनि देखाएको छ । जहाँ सन् २०१५-१६ देखि २०२२-२३ सम्मको अस्थिर समयमा ५३ लाख मानिसहरु बहुआयामिक गरिबीमा परेका छन् । सन् २०२२-२३ मा लगभग २ तिहाइ अफगान गरिब रहेका छन् । जसले द्वन्दले कस्तो असर पार्न सक्छ भन्ने कुरा प्रष्ट पारेको छ ।

मुख्य तथ्याङ्कहरु

१ अर्ब १० करोड गरिब मानिसहरुमध्ये आधाभन्दा बढी ५८ करोड ४० लाख बालबालिका हुन् । ८२ करोड ८ लाख गरिब मानिसहरुलाई पर्याप्त सरसफाइको सुविधा छैन । ८८ करोड ६० लाख गरिब मानिसहरुले राम्रो आवासको सुविधा पाएका छैनन् । ९९ करोड ८० लाख मानिसहरुले खाना पकाउने इन्धनको अभाव झेलिरहेका छन् । द्वन्द प्रभावित क्षेत्रहरुमा गरिबी हटाउने गति निकै सुस्त छ र गरिब जनसंख्या बढी मात्रामा त्यहाँ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय