२०८१ माघ २९ मंगलवार

काठमाडौं । आयात निर्यातकर्ता व्यवसायीहरुको छाता संगठन नेपाल समुद्रपार निकासी पैठारी संघ अन्तर्गत योङ बिजनेस एक्जेक्युटिभ फोरम (वाइबिइएफ) गठन भएको छ । संघको युवा विभागको रुपमा गठित फोरमको नेतृत्व गौरव शारडाले गरेका छन् । संघले शारडालाई वाइबिइएफको अध्यक्षको जिम्मेवारी तोकेको छ ।

फोरमको उद्देश्य गतिशील युवा व्यावसायिक नेतृत्व विकास गर्नु रहेको संघले जनाएको छ । ज्ञान आदानप्रदान, नविन विचारको प्रवद्र्धन तथा व्यवहारिक सिकाइ र सूचना आदानप्रदान मार्फत व्यवसाय क्षेत्रमा सक्षम युवा नेतृत्व तयार गर्ने उद्देश्यले फोरम गठन गरेको संघका अध्यक्ष सुनिलकुमार वंशलले जानकारी दिएका छन् ।

फोरमले युवा व्यवसायीलाई व्यवसायका असल अभ्यासहरु सिकाउँदै उनीहरुको दक्षता र क्षमता प्रवद्र्धन गर्नेछ । यसले गतिशील कर्पोरेट जगतको चुनौती सामना गर्न सक्ने नेतृत्व तयार हुने विश्वास संघले लिएको छ ।

फोरमको सल्लाहकारमा सुशील गुप्ता छन् । उपाध्यक्षमा जयन्त अग्रवाल र महासचिवमा सुमितकुमार वंशल (धानुका) रहेको संघले जानकारी दिएको छ ।

त्यसैगरी, द्विपक्षीय व्यापार र सम्बन्धको जिम्मेवारी सलोनी सेठियाले पाएकी छिन् । आयात निर्यात व्यापार प्रावद्र्धन विभागको जिम्मेवारी प्रवेश अग्रवाललाई र नेटवर्क तथा सदस्यता अभियानको जिम्मेवारी कुशलसुन्दर श्रेष्ठलाई दिइएको छ । काठमाडौंमा आयोजित एक समारोहमा संघका अध्यक्ष वशंलले व्यानर अनावरण गरी फोरम सार्वजनिक गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय