२०८१ मंसिर २३ आईतवार

काठमाडौं। निषेधाज्ञाले शैक्षिक सत्र नै प्रभावित बनेपछि अनलाइन कक्षा ‘बेद सिस्टम’ अनलाइन प्रभावकारी बन्दै गएको छ। कोभिड–१९ को संक्रमण चुलिँदै गएपछि विगत पाँच महिनादेखि बन्द रहेका विद्यालयहरु कहिलेदेखि सञ्चालनमा आउँछन् टुंगो छैन ।

सिंगो शैक्षिक सत्र नै पछाडि धकेलिने चिन्ता बढ्दै गएपछि सरकारले शैक्षिक सत्रलाई प्रभावित हुन नदिन वैकल्पिक सिकाईलाई प्राथमिकतामा राख्दै कक्षा सञ्चालन गर्न भनेको छ।

यसको अर्थ अब अनलाइन कक्षा तथा वैकल्पिक माध्यमबाट सञ्चालन हुने कक्षालाई नै सरकारले मान्यता दिने देखिन्छ। यस्तोमा ‘बेद सिस्टम’ अनलाइन सिकाइका लागि उपयुक्त माध्यम बनेको छ।

हालसम्म ६ सय ५० भन्दाबढी विद्यालयलाई प्रविधिमार्फत प्रभावकारी सञ्चालनका साथै भर्चुअल माध्यमबाट कक्षा सञ्चालनमा सहयोग पुर्‍याउँदै आएको कम्पनीले जनाएको छ। अनलाइन कक्षा मात्र होइन, बेदले अनलाइनबाटै गृहकार्य दिने र परीक्षा सञ्चालन गर्न सक्ने प्रणाली विकास गरेको कम्पनीले जनाएको छ।

उत्कृष्ट अनलाइन सिकाइ प्रविधि र त्यसमा बिक्रीपछिको सेवालाई प्राथमिकमा राख्दै आएको बेदले अब शिक्षक तथा विद्यार्थीलाई एकै ठाउँमा ल्याएर लाखौं मूल्यका विभिन्न उपहार समेत प्रदान गर्ने भएको छ। त्यसका लागि कम्पनीले ‘हातहातमा शिक्षा’ नामक अभियान थालेको छ।

यो अभियान सामाजिक सञ्जाल फेसबुकमा बुधबारदेखि एक महिनासम्म चल्नेछ। यसका लागि बेदले खल्ती मोबाइल वालेटसँग सहकार्य गरेको छ। कोभिड–१९ को समयमा अनलाइन शिक्षालाई सफल बनाउन विद्यार्थी र शिक्षकले गरको योगदानलाई सम्मान गर्न कम्पनीले यो ‘हातहातमा शिक्षा’ सञ्चालनमा ल्याएको हो ।

यो योजनामा सहभागी हुने शिक्षक तथा विद्यार्थीले अनलाइन कक्षाको अनुभवसहित ३० सेकेन्ड लामो भिडिओ बनाउनुपर्ने बताइएको छ। जसलाई उनीहरुले आफ्नो फेसबुकमा सेयर गर्नुपर्नेछ। भिडिओमार्फत आफ्नो अनुभव सेयर गर्ने सबै सहभागीले खल्ती वालेटमा सय रुपैयाँ ब्यालेन्स प्राप्त गर्ने कम्पनीले जनाएको छ। साथै, उत्कृष्ट हुनेलाई ल्यापटप सहित लाखौं मूल्यका आकर्षण पुरस्कार समेत प्रदान गर्ने योजना कम्पनीको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय