२०८१ माघ २५ शुक्रबार

काठमाडाैं । चालु आर्थिक वर्षकाे ९ महिनामा ७ हजार ९३ युनिट विद्युतीय गाडी आयात भएको छ । भन्सार विभागकाे तथ्यांक अनुसार यस अवधिमा १७ अर्ब ४७ करोड रुपैयाँ बराबरको विद्युतीय कार, जिप र भ्यानलगायतको ७ हजार ९३ युनिट सवारीसाधन नेपाल आयात भएका हुन्।

उक्त विद्युतीय गाडी आयातबाट सरकारले ७ अर्ब ७८ करोड २१ लाख ४९ हजार रुपैयाँ बरारबरको राजस्व संकलन गरेको छ। गत आर्थिक वर्ष २०७९/८० को सोहि अवधिमा भने कुल ६ अर्ब ८४ करोड ७ लाख ९१ हजार रुपैयाँ बराबरको २ हजार ४ सय ५१ वटा विद्युतीय गाडी नेपाल भित्रिएका थिए।

यस अवधिमा चीनबाट १२ अर्ब ३२ करोड १८ लाख ८७ हजार रुपैयाँ बराबरको ४ हजार ५ सय ३३ वटा विद्युतीय गाडी र भारतबाट ४ अर्ब ७४ करोड ५६ लाख ९३ हजार रुपैयाँ बराबरको २ हजार ४ सय ६० वटा विद्युतीय गाडी आयात भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय