२०८१ माघ २७ आईतवार

काठमाडाैं । २०२४ को पहिलाे दुई महिनामा १ लाख ७६ हजार ५ सय २६ पर्यटक नेपाल भित्रिएका छन् । जनवरीमा ७९ हजार १०० र फेब्रुअरीमा ९७ हजार ४ सय २६ पर्यटक नेपाल भित्रिएका हुन् । जुन गत वर्षकाे दुई महिनाकाे तुलनामा ४८ हजार १ सय ९७ ले बढी हाे ।

यसअघि सन् २०२३ को जनवरीमा ५५ हजार ७४ र फेब्रुअरीमा ७३ हजार २ सय ५५ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

यस अवधिमा सबैभन्दा बढी भारतबाट ४९ हजार ७ सय १७ पर्यटक नेपाल भित्रिएका छन् । यस्तै यस अवधिमा चीनबाट १६ हजार ४ सय ४७, अमेरीकाबाट १७ हजार १ सय ३६, थाइल्याण्डबाट ९ हजार ४ सय १८, बेलायतबाट ७ हजार ८ सय ४७, बङ्गलादेशबाट ७ हजार ७ सय २८, अष्ट्रेलियाबाट ६ हजार ३ सय ९७ पर्यटक नेपाल भित्रिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय