२०८१ माघ २५ शुक्रबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले समयभित्र नवीकरण नभएका ५ वटा मनि चेन्जर कम्पनीको इजाजत खारेज गरेको छ । उनीहरूले राष्ट्र बैंकको निर्देशन अनुसार काम नगरेको र समयमै नवीकरणसमेत नगरेकाले इजाजत खारेज गरिएको हो ।

राष्ट्र बैंकका अनुसार अनुसार भक्तपुरको न्यातपोल मनि एकसचेन्ज प्रालि, काठमाडौं बसन्तपुरको फेयर मनि एक्सचेन्ज प्रालि, काठमाडौं क्षेत्रपाटीको कैलाश मनि एक्सचेन्ज प्रालिको इजाजत खारेज गरेको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी रसुवाको ग्रेस मनी एक्सचेन्ज प्रालि र काठमाडौं लालदरबारको रुट नेपाल मनी एक्सचेन्ज प्रालिको इजाजत खारेज भएको हो । मनि चेन्जर इजाजतपत्र विनियमावली अनुसार इजाजत नवीकरण नगर्ने कम्पनीको इजाजत खारेज भएको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय