२०८१ चैत्र २ शनिबार

काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई ७ दिन भित्र सम्पर्कमा नआए लाइसेन्स खारेज गर्ने चेतावनी दिएकाे छ । प्राधिकरणले ३० वटा इन्टरनेट सेवा प्रदायकहरुको लाइसेन्स खारेज गर्ने चेतावनी दिएको हाे।

आइतबार एक सूचना जारी गर्दै सरकार र प्राधिकरणलाई नियमानुसार बुझाउनुपर्ने अडिटेड वित्तीय विवरण, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम निर्धारित समयमा नबुझाएको भन्दै ७ दिन भित्र सम्पर्क गर्न प्राधिकरणले ताकेता गरेको छ।

उक्त अवधीभित्र सम्पर्कमा नआए दुरसञ्चार ऐन २०५३ बमाेजिम प्राधिकरणबाट प्रदान गरीएकाे अनुमतिपत्र खारेजी गर्ने प्रक्रिया अगाडी बढाइने विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय