
काठमाडौं । वेस्टर्न युनियन मनी ट्रान्सफरले दशैँ लक्षित ‘दशैँमा १० गुणा’अभियानका विजेता छनोट गरेको छ । इटहरीकी होमादेवी पान्डेले बम्पर लक्की ड्र मार्फत प्राप्त कारोबार रकमको दश गुणा रकम जितेकी सो वेस्टर्न युनियनले जानकारी दिएको हो ।
वेस्टर्न युनियनका सुपर एजेन्टहरू एटीटी रेमिट, सीजी फिन्को, डिजिटेक, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक र सूर्य रेमिटका प्रतिनिधिहरूबीच काठमाडौँमा आयोजित कार्यक्रममा विजेताको नाम घोषणा गरिएको सो कम्पनीले जनाएको छ ।नेपालमा २७ वर्षभन्दा बढी समयदेखि रेमिट्यान्स सेवा प्रदान गर्दै आएको वेस्टर्न युनियनले दशैँ, तिहार र छठलाई लक्षित गरी ‘दशैँमा १० गुणा’अभियान शुरु गरेको थियो । बम्परमा प्राप्त रकमको १० गुणा बाहेक आठ हप्तासम्म ६४ भाग्यशाली ग्राहकहरूले कारोबार रकमको दुई गुणा जित्ने मौका पनि प्राप्त गरेका थिए ।
नेपालकै पहिलो रेमिट्यान्स सेवा प्रदायक वेस्टर्न युनियन मनी ट्रान्सफरले नेपालीहरूलाई सन् १९९६ देखि विश्वका २०० भन्दा बढी देश र क्षेत्रहरूबाट पैसा प्राप्त गर्ने सेवा प्रदान गर्दै आएको छ ।