२०८१ चैत्र २ शनिबार

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबारदेखि एमडीएमएस कार्यान्वयनमा ल्याएसँगै एक हजार पाँच सय बढी मोबाइल बन्द भएको छ । त्यसमा आइफोन १५ लगायतका लेटेस्ट भर्सनका मोबाइल फोनहरु रहेको जनाइएको छ।

प्राधिकरणले महँगा फोनबाट यसको सुरुवात गर्दै क्रमश: अन्य फोनहरुमा पनि लागू गर्ने जनाएको छ । १ करोड १६ लाख आइएमइआई नम्बरहरु प्राधिकरणको ग्रे लिष्टमा छन् । एउटै मोबाइलमा पनि दुईवटा आइएमईआई नम्बर हुन सक्ने भएकाले कति सेट छन् भन्नेबारे अनुमान गर्न नसकिने प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । गतजेठ १५ सम्म संचालनमा रहेका तर ग्रे लिष्टमा रहेकाहरुले भने दस्तुर तिरेर दर्ता गर्न सक्ने छन् । हालसम्म प्रणालीमा ६ करोड आइएमईआई नम्बर दर्ता भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय