
काठमाडौ । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैण्डले कपिलबस्तुस्थित शिवराज नगरपालिकालाई बारुण यन्त्र प्रदान गरेको छ । दमकल नेशनलफायर सेफ र आइएमई मोटर्सको संयुक्त प्रयासमा नगरपालिकालाई उपलब्ध गराइएको हो । शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीलाई उक्त दमकल आइएमई मोटर्सका कर्पोरेट सेल्स हेड सुशिल राणाथापाले हस्तान्तरण गरेका हुन ।
हस्तान्तरण कार्यक्रममा नगर प्रमुख अधिकारीले आफ्नो नगरपालिकामा पहिलो पटक दमकल पाउँदा अत्यन्त खुशी लागेको बताए । उक्त दमकलमा चार हजार लिटर पानी अट्ने क्षमता छ । साथै ५ सय लिटर फोम भर्न सकिन्छ ।