२०८१ चैत्र २ शनिबार

काठमाडाैं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०–८१को संशोधित वार्षिक आन्तरिक ऋण निष्कासन तालिका सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले एक सूचना जारी गर्दै चालु आर्थिक वर्षको संशोधित वार्षिक आन्तरिक ऋण निष्कासन तालिका र प्रथम ६ महिनाको बोलकबोल तालिका सार्वजनिक गरेको छ।

राष्ट्र बैंकले प्रथम र दोस्रो त्रैमासमा कुल १ खर्ब १० अर्ब रुपैयाँको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ। जसअन्तर्गत केन्द्रीय बैंकले ट्रेजरी बिल र विकास ऋणपत्रमार्फत उक्त आन्तरिक ऋण उठाउनेछ। बैंकले यो दुई त्रैमासमा १५ अर्ब रुपैयाँको ट्रेजरी बिल र ९५ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र जारी गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय