२०८१ चैत्र १४ बिहीबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रिय जनावर गाई अंकित मेडालियन सिक्का सार्वजनिक गरेको छ । बबरमहलस्थित टक्सार महाशाखामा आयोजित संक्षिप्त कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले यी उक्त सिक्का सार्वजनिक गरेका छन् ।

१० ग्राम सिक्काको १ हजार ६ सय र २५ ग्राम सिक्काको ४ हजार रुपैयाँ मूल्या निर्धारण भएको छ । दुवै सिक्का ९९९ टचको चाँदीको प्रयोग भएको छ । दर उल्लेख नगरी निष्कासन गरिएको सिक्कालाई ‘मेडालियन’ भनिन्छ । दसैं तिहार जस्ता चाडपर्वमा यस्तो सिक्काको माग धेरै हुन्छ ।

सर्वसाधारणबाट हुने सिक्काको मागको आधारमा यसको टकमरीलाई निरन्तरता दिइने राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ । राष्ट्र बैंकको टक्सार महाशाखाले पुराना मेशिनहरुलाई मर्मत सम्भार गरि मुद्रणसम्बन्धी काम सुरु गरेको छ । जसमा नयाँ सिक्का आज सार्वजनिक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय