२०८१ माघ २७ आईतवार

काठमाडौं । नेपाल आयल निगमले दुई महिना अघि (असार ३१ गते) देखि पेट्रोल, डिजेल, मट्टितेल र ग्यासमा स्वचालित मूल्य प्रणाली लागू गर्‍यो । निगमले स्वचालित मूल्य प्रणाली लागू गर्दै काठमाडौं उपत्यकामा पेट्रोलमा ६ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ घटाएको थियो । यसरी घटेको मूल्य समयोजनपछि पेट्रोलको मूल्य साउन १ गतेदेखि प्रतिलिटर १६४ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १४६ रुपैयाँ कायम भएको थियो ।

तर, त्यसयता इण्डियन आयल कर्पाेरेशन (आईओसी)ले मूल्य बढाएर पठाएपछि नेपालमा पनि पेट्रोलको मूल्य लगातार बढेको छ । स्वचालित मूल्य प्रणाली लागू भएपछि नेपालमा चार पटक मूल्य समायोजन भएको छ । साउन १६ गते, साउन ३० गते, भदौ १४ गते र भदौ २९ गते गरेर चार पटक पेट्रोलको मूल्य समयोजन भएको छ । दुई महिनाको बीचमा पेट्रोलको मूल्य १९ रुपैयाँ बढेको छ ।

स्वचालित प्रणाली लागू भएयता पेट्रोलमा ६ रुपैयाँ घटेको छ भने यसको तीन गुणा भन्दा बढी बढेको छ । शुक्रबार आईओसीबाट पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ १२ पैसा र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ ९१ पैसा बढेर आएको थियो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ मूल्यवृद्धि गरेको छ । आजदेखि लागू भएको मूल्यअनुसार काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १८३ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १७३ रुपैयाँ पुगेको छ ।

नयाँ मूल्य सूचीअनुसार सुर्खेत र दाङमा पेट्रोललाई प्रतिलिटर १८२ रुपैयाँ र डिजेल तथा मट्टीतेललाई १७२ रुपैयाँ पर्ने छ । चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोललाई प्रतिलिटर १८० रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टीतेललाई १७० रुपैयाँ ५० पैसा पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय