२०८१ चैत्र २ शनिबार

काठमाडौं । कृषिप्रधान मुलुक भए पनि नेपालमा बीमा गर्ने कृषक परिवारको संख्या निकै थोरै छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको कृषि गणना अनुसार १ लाख ८२ हजार कृषकले कृषि बीमा गरेका छन्, जुन कुल कृषक परिवारमध्ये ४ प्रतिशत मात्र हो ।

यसरी बीमा गरेका मध्ये ८४ प्रतिशतले पशुपन्छीको बीमा गरेका छन् । कृषि गणना २०७८ अनुसार नेपालमा कुल कृषक परिवार ३८ लाख ३१ हजार रहेका छन् । तीमध्ये खेतीपाती गर्ने कृषक परिवार ३९ लाख ९९ हजार रहेका छन् भने १ लाख ३२ हजार कृषक परिवारले पशुपन्छी मात्र पाल्ने गरेका छन् ।

अघिल्लो कृषिगणना २०६८ अनुसार ३७ लाख १६ हजार कृषक परिवारले खेतीपाती र १ लाख १६ हजार कृषक परिवारले पशुपन्छी पालन गर्ने गरेको पाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय